शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरको गाउँकेन्द्रित बजार अनुगमन
समाचार

भरतपुर महानगरको गाउँकेन्द्रित बजार अनुगमन

चितवन । भरतपुर महानगरपालिकाको तिहारलक्षित बजार अनुगमन गाउँ केन्द्रित भएको छ । महानगरपालिकाको दुर दराजमा रहेका उपभोक्ताहरुलाई सचेत र सजग गराउनको लागी महानगरपालिकाले गाउँ केन्द्रित अनुगमन गरेको हो । महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले मगलबार पश्चिम भरतपुरको वडा न १८,२० २६,२७ र २८ मा तिहारलक्षित बजार अनुगमन गरेको हो । अनुगमनमा झिनिया रोटी,मरमसला,विभिन्न प्रकारका मिठाइँहरु,भाइमसलामा बिशेष निगरानी गरिएको छ ।

 

विज्ञापन

त्यस्तै समितिले बजारमा खुल्ला रुपमा सडक छेउमा बेच्न राखिएका परिकारहरुमा प्रयोग भएको रग,झिलिगाहरुमा प्रयोग गरिने कच्चापदार्थमा पनि कडा निगरानी गरेको छ । बिशेष गरि शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा रहेका उपभोक्ता र ब्यबसायी दुबैलाइ दैनिक उपभोग्य बस्तुहरुको बारेमा पुर्ण ज्ञान नहुने हुँदा अनुगमनलाइ गाउँ केन्द्रित गरिएको हो समितिका सदस्य बिष्णु बहादुर भुजेलले भने, यस्ता खालका अनुगमनहरु महानगरपालिकाले अघिल्ला दिनहरुमा पनि गर्दै आइरहेको छ ।

विज्ञापन

समितिले चाडपर्व लक्ष्यित कार्यक्रम सगसगै अन्य जनसरोकारका बिषयहरु माथी पनि निगरानी गरेको छ । ग्रामीण क्षेत्रमा सडकको क्षेत्राधिकार,ढल लगाएतका अन्य बिषयहरुमा पनि अनुगमन गरिएको छ । बजारमा हुन सक्‍ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्‍न भन्दै भरतपुर महानगरले बजार अनुगमनलाइ नियमित नै गरिरहेको छ । उपभोग्य सामान मात्र विक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको भरतपुर महानगरपालिकाले जनाएको छ ।

 

नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको हो । ब्यबसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो ब्यापार सन्चालन गर्न, मुल्य सुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाइ छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ । उपभोक्ताहरुको हितलाइ ध्यानमा राखी स्व्च्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमनलाई तिब्रता दिएको हो । बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने गरेको छ ।

महानगरको नियमित अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोकिएका छन भने स्वच्छ तथा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुँदै आएको पनि महानगरको अपेक्षा छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को नगरपालिकाको अधिकारको बुँदा नम्बर ञ ले स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था गरेको छ । उक्त ब्यबस्थामा वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश छन् ।

स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मुल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु तथा व्यपारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाइ दिइएको छ । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस