Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
  • होमपेज
  • समाचार
  • ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बित
समाचार

‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बित

काठमाडौँ । मणिपाल शिक्षण अस्पतालक चिकित्सकमाथि कुटपिट गरेको बताएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठलाई निलम्बन गरिएको छ ।

गृह मन्त्रालयले इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको र उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि सरुवा गरिएको जानकारी दिएको छ ।

विज्ञापन

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए ।

विज्ञापन

उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । इन्सपेक्टर श्रेष्ठले मृतकका आफन्तहरु आक्रोशित भएका बेला ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

मणिपालका चिकित्सकहरु दोषीलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका थिए । यस प्रकरणमा प्रहरीले चिकित्सक कुटेको आरोपमा विनय गुरुङलाई पक्राउ गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस