सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • समाचार
  • दाङमा खुकुरी प्रहारबाट एक महिलाको हत्या, दुई जना गम्भीर घाइते
समाचार

दाङमा खुकुरी प्रहारबाट एक महिलाको हत्या, दुई जना गम्भीर घाइते

दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना महिलाको घटनास्थलमै ज्यान गएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

 

विज्ञापन

आज दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८/३९ वर्षीय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।

विज्ञापन

 

ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४२/४३ वर्षीया रिता लामिछाने रहेकी छन् । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । त्यस्तै त्यसै ठाउँ बस्ने ४५ वर्षीय वीरबहादुर हमाल र अन्दाजी ६५ वर्षीया कमला कुमारी हमाल गम्भीर घाइते भएका छन् ।

 

घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ। साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ ।

 

खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस