On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर २२, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमालेसँग एकताको गीत गाएर हिँड्नुको कुनै अर्थ छैनः माधव नेपाल
समाचार

एमालेसँग एकताको गीत गाएर हिँड्नुको कुनै अर्थ छैनः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

आज (शनिबार) समाजवादी पेशागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले एकताभन्दा पनि पार्टीलाई दृढताका साथ अगाडि बढाउने काममा लागिरहेको बताएका हुन् ।

विज्ञापन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले एकीकृत समाजवादीको अस्तित्व स्वीकार गर्नसमेत हिचकिचाउनेसँग एकताको गीत गाउनुको कुनै अर्थ नरहेको बताए । एमालेभित्रको आत्मसमर्पणवाद र दासत्व स्वीकार्य नभएकै कारण विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेको बताए ।

विज्ञापन

उनले अहिले विचार मिल्ने पार्टीहरुसँग सामाजवादी मोर्चा बनाएर देशलाई समाजवादको बाटोतर्फ लैजान काम गरिरहेको बताए ।

अध्यक्ष नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा समेत राखे । विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले स्थिरता कायमका लागि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने उनको धारणा थियो ।

समानुपातिक निर्वाचन प्रणालीका कारण एउटै दलले बहुमत ल्याउन कठिनाइ रहेकाले गठबन्धनको संस्कृति दीर्घकालीन रुपमा रहने बताउँदै उनले लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले मुलुकमा भएका विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन सम्पन्न भए पनि जनताको आर्थिक रुपान्तरण तथा सामाजिक सुरक्षा हुन नसकेको बताउँदै जनजीविकाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरे । वर्गीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, देश विकासको भावना बोकेर कम्युनिष्ट पार्टीको स्थापना भएको उनको भनाइ थियो ।

उनले मुलुकमा विद्यमान गरिबी न्यूनीकरणका बेरोजगारीको अन्त्य गर्नुपर्ने भन्दै त्यसका लागि औद्योगीकरणतर्फ लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । देशमा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताउँदै उनले समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस