शनिबार, साउन १२, २०८१
  • होमपेज
  • चितवन विशेष
  • तीज मनाउने नाममा खर्चिला एवं भड्किला कार्यक्रम नगर्न प्रशासनको अनुरोध
चितवन विशेष

तीज मनाउने नाममा खर्चिला एवं भड्किला कार्यक्रम नगर्न प्रशासनको अनुरोध

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार अत्यन्त जरूरी सूचना जारी गर्दै आफ्नो संस्कृति, परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्नेबाहेक अन्य खर्चिला एवं भड्किला कार्यक्रम नगर्न/नगराउन अनुरोध गरेको छ ।

हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज नजिकिँदै गइरहेको सन्दर्भमा विगत केही वर्षयता तीज मनाउने नाममा तड्कभड्कसहितका खर्चिला कार्यक्रमले विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न गएको सूचनामा उल्लेख गरिएको छ ।

विज्ञापन

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृतिबिना तीजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव आयोजना नगर्न अनुरोध गरिएको छ ।

विज्ञापन

साथै, सामाजिक शिष्टाचार, नैतिकता र अनुशासन कायम गर्ने कार्यमा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्थाहरु, सञ्चारकर्मीहरु, महिला सञ्जाल तथा जिल्लावासीमा सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ ।

सूचनाविपरीत हुने गतिविधि तथा कार्यक्रमहरु नगर्न/नगराउन अनुरोध गर्दै सूचनाको बर्खिलाप हुनेगरी कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस