शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते न्युयोर्क र उतैबाट चीन जाने
Breaking News

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते न्युयोर्क र उतैबाट चीन जाने

काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भदौ अन्तिम साता न्युयोर्क र असोज पहिलो साता चीन भ्रमण तय भएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन भदौ ३० गते न्युयोर्क पुग्ने र त्यतैबाट चीनको औपचारिक भ्रमणमा जाने तय भएको हो । परराष्ट्र मन्त्रालयले दुवै भ्रमणको तयारी थालेको छ ।

विज्ञापन

 

विज्ञापन

मंगलबार बालुवाटारमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले असोज ६ र ७ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए । पाँच दिन न्युयोर्कको व्यस्त कार्यतालिका सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट असोज ४ गते चीन जानेछन् । उनले न्युयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नेछन् ।

 

२ असोजदेखि संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रअन्तर्गत उच्चस्तरीय सम्बोधन सुरु हुनेछ । प्रचण्ड पाँच दिनको न्युयोर्क बसाइमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहदेखि उच्चस्तरीय भेटवार्तामा सहभागी हुने कार्यक्रम छ ।

चीन भ्रमणका क्रममा नेपाल–चीन सीमापार विद्युत् प्रसारणलाइनसम्बन्धी सम्झौता हुन सक्ने प्रधानमन्त्रीको भनाइ छ । उनले रसुवागढी–केरुङ तथा संखुवासभा–तिब्बत विद्युत् प्रसारणलाइन निर्माणबारे सम्झौता हुने संकेत गरे । संखुवासभामा चिनियाँ सहयोगमा जलविद्युत् आयोजना निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस