On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • बेरोजगारलाई भरतपुर महानगरको सूचना : रोजगारीको लागि वडामा फागुनभित्र सूचिकृत हुनु
Breaking News

बेरोजगारलाई भरतपुर महानगरको सूचना : रोजगारीको लागि वडामा फागुनभित्र सूचिकृत हुनु

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा रोजगारीको लागि फागुनभित्र बेरोजगारको सूचीमा सूचिकृत हुन आग्रह गरेको छ । १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारलाई न्युनतम रोजगारी प्रदान गर्नका लागि महानगरले सम्बन्धित वडा कार्यालयमा गएर सूचिकृत हुन आग्रह गरेको हो ।

रोजगारीको हकसम्बन्धी ऐन, २०७५ सोको नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ बमोजिम आगामी आवमा न्यूनतम रोजगारीमा आवद्ध हुन चाहनेले आफु स्थायी रुपमा बसोबास गरेको वडामा सूचिकृत हुन निवेदन दिन सक्ने छ । निवेदनको ढाँचा सम्बन्धित वडा कार्यालय, रोजगार सेवा केन्द्र, भरतपुर महानगरपालिका तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटबाट निशुल्क प्राप्त गर्न सकिने छ ।

विज्ञापन

प्रधानमन्त्री रोजगार कार्यक्रमको अभियान ‘न्यूनतम रोजगार, नागरिकको अधिकार’ तथा विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन न्यूनतम रोजगारी प्रदान गरी सहयोग पुर्याउने सोच भएकोले सोही बमोजिमका व्यक्तिहरुलाई निवेदन दिन आग्रह गरिएको महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत महेन्द्र प्रसाद पौड्यालले बताए ।

विज्ञापन

निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरुः
– निवेदकको १ प्रति नागरिकता प्रमाणपत्रको प्रतिलिपि
– निवेदकको १ प्रति पासपोर्ट साईजको फोटो
– निवेदकसहित परिवारका सम्पूर्ण सदस्यहरुको नाम, नाता, जन्म मिति, नागरिकता नं, जारी मिति तथा जिल्ला लगायतका विवरण
– निवेदक सहित परिवारका सम्पूर्ण सदस्यको शैक्षिक योग्यता, सिप, दक्षता तथा रोजगारीको अवस्था (स्वदेश÷विदेश÷स्वरोजगार)
– स्थायी बसोबास खुल्ने आवश्यक कागजातको प्रतिलिपि (ना.प्र. पत्र, अन्यत्रबाट जारी भएको भए बसाईसराइ प्रमाणपत्रको प्रतिलिपि र ना.प्र. पत्रमा स्थायी ठेगाना अन्यत्र उल्लेख भएको विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
– कुल वार्षिक पारिवारिक आय, परिवारका सबै सदस्यहरुले सामाजिक सुरक्षा कोष, अन्य सरकारी कोष वा रोजगारदाताबाट कुनै सहायता या आम्दानी लिएको नलिएको विवरण
– निवेदनमा उल्लेखीत सम्पुर्ण विवरण अनिवार्य रुपमा भरेको र वडा कार्यालयबाट प्रमाणित भएको निवेदन मात्र सूचिकृत गरिने छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस