शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरका निर्माणधिन आयोजना ईन्जिनियरिङ विद्यार्थीका लागि प्रयोगात्मक केन्द्र
समाचार

भरतपुरका निर्माणधिन आयोजना ईन्जिनियरिङ विद्यार्थीका लागि प्रयोगात्मक केन्द्र

चितवन । भरतपुरका निर्माणधिन ईन्जिनियरिङ विद्यार्थीका लागि प्रयोगात्मक केन्द्र बनेको छ । भरतपुर महानगरपालिकामा राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यहरु धमाधम अगाडि बढीरहेका छन् । भरतपुर महानगरपालिकाका ईन्जिनियर साकार लामाका अनुसार सिटी हल अवलोकन गर्ने विद्यार्थीहरु एक वर्षअघि देखि आउने गरेपनि पछिल्लो समय भरतपुर महानगरपालिकाको प्रशासनिक भवन, पुलचोक गोन्द्राङ ६ लेन सडक अवलोकन गर्नेहरु आउने क्रम सुरु भएको छ ।

हिमालयन कलेज अफ ईन्जिनियरिङ ललितपुरकाका निर्माण व्यवस्थापनका शिक्षक सुवास भट्टराईले देशको मध्य भागमा रहेकाले भरतपुर आउन सहज र नेपालमै एकै ठाउँमा सबै प्रकारको आयोजना यहाँ अवलोकन गर्न पाउने भएकाले भरतपुर रोजाईमा परेको उल्लेख गर्नुभयो ।
निर्माण व्यवस्थापन विषयमा २ दिन प्रयोगात्मक अवलोकन र निरीक्षण गर्ने शैक्षिक क्यालेण्डर अनुरुप भरतपुरको एकै ठाउँमा सबै प्रकारका संरचना हेर्न सकिने गरी ९५ जना विद्यार्थीलाई ल्याईएको उहाँको भनाई छ ।

विज्ञापन

सोही कलेजकी विद्यार्धी ऐलिना बेलबासेले सैद्धान्तिक पढाई अनुसार फिल्डमा आएर अवलोकन एवम् थप जानकारी लिन पाउदा उत्साहित बनेको बताउनुभयो । यस्तै अर्का विद्यार्थी किरण अर्यालले प्रशासनिक भवको स्टक्चरको काममा उपयोग भएका समानको बारेमा सैद्धान्तिक अध्ययन अनुसार अगाडि बढेको पाएको बताउनुहुन्छ ।

विज्ञापन

भरतपुर महानगरपालिकामा सिग्नेचर ब्रिज, नारायणी तटबन्धन जस्ता अर्बौका लगानीमा आयोजनाहरु अगाडि बढी रहेका छन् । भरतपुर महानगरपालिका शिक्षा, पर्यटन र पूर्वाधार निर्माणको हबको रुपमा विकास भईरहेकाले २०८० साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस