On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री दाहाल देउवा-यादव-नेपालसँग निरन्तर सम्वादमा, भावी राष्ट्रपतिमा बाबुरामको चर्चा
समाचार

प्रधानमन्त्री दाहाल देउवा-यादव-नेपालसँग निरन्तर सम्वादमा, भावी राष्ट्रपतिमा बाबुरामको चर्चा

काठमाडौं। राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालको राजनीतिक सक्रियता बढेको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने बताउँदै आएका छन् । पुष १० गते प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो । तर, २६ पुषमा विश्वासको मत लिँदा कांग्रेसको पनि मत पाएपछि भने प्रधानमन्त्री दाहाल अहिलेको गठबन्धन भन्दापनि पूरानै गठबन्धन ब्युँत्याउने प्रयत्न गरेका छन् ।

नेपाली कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै एमालेले अघि सार्ने उम्मेदवारलाई राष्ट्रपतिमा हराएरै छाड्ने अभिव्यक्ति दिएका छन् । एमाले नेतृत्वपनि प्रधानमन्त्री दाहालको भूमिकालाई लिएर सशंकित बनेको छ । यो बीचमा सत्ता गठबन्धनको मुख्य घटक रास्वपा सरकारबाट बाहिरिएको छ । तर, उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । हिजोको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत रास्वपालाई सरकारमा पूनः सहभागी गराउनेबारे छलफल भएको थियो ।

विज्ञापन

संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष ओलीले त रास्वपालाई सरकारमा सहभागी गराउनुपर्ने र गृहमन्त्री रवि लामिछानेलाई नै दिनुपर्नेमा जोड दिएका थिए । तर, प्रधानमन्त्री दाहालले भने कुनै ठोस जवाफ दिएनन् । हिजो (शुक्रबार) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी थिईन् । सो सम्बोधन सकिएपछि ओलीले ठाकुरलाई आफ्नै गाडीमा राखेर बालकोट लगेका थिए । ओलीले राष्ट्रपतिको निर्वाचनमा ठाकुरको साथ खोजेका थिए ।

विज्ञापन

यता, प्रधानमन्त्री दाहाल भने माधव नेपाल, उपेन्द्र यादवसँग छलफल बसेका थिए । हिजो साँझ नै प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको थियो । प्रधानमन्त्री दाहालले संविधानअनुसार चल्ने व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्नुपर्ने धारणा राख्दै आएका छन् ।

उनले यसपटक राष्ट्रपतिमा आफ्ना पूराना सहकर्मी डा. बाबुराम भट्टराईलाई अघि सार्न खोजेका छन् । तेस्रो पटक मुलुकको नेतृत्व गर्न पुगेका दाहालले पछिल्लो समय हरेक कुरामा भट्टराईसँग सल्लाह गर्ने गरेका छन् । बाबुरामले पनि आफूलाई राष्ट्रपतिको रुपमा अघि सारेका छन् । प्रधानमन्त्री दाहालका पछिल्ला भेटवार्तामा भावी राष्ट्रपतिमा बाबुरामको चर्चा हुन थालेको छ । कांग्रेसले भने रामचन्द्र पौडेललाई अघि सार्ने भनेको छ । प्रधानमन्त्री दाहाललाई एमालेलाई राष्ट्रपति नदिन दबाब छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस