शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • दुई गैंडा मारिएको घटनामा चितवन राष्ट्रिय निकुञ्जले थाल्यो अध्ययन
Breaking News

दुई गैंडा मारिएको घटनामा चितवन राष्ट्रिय निकुञ्जले थाल्यो अध्ययन

file photo

चितवन।

खागका लागि तस्करले बिजुलीको करेन्ट लगाउँदा दुईवटा गैंडा मरेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान थालेको छ । विभागले माघ ११ मा उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको थियो । तस्करले बिजुलीको करेन्ट लगाएर गैंडा मारेको घटना विरलै हुने गरेको छ । नौलो घटना भएका कारण सुरक्षा रणनीति बनाउन अध्ययन टोली बनेको हो ।

विज्ञापन

‘चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा हामीले सोमबार छलफल राख्यौं । निकुञ्ज प्रमुख र नेपाली सेनाका गणपतिसँग घटनाका बारेमा बुझ्यौं । मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष, उपभोक्ता समितिका अध्यक्ष र समुदायमा आधारित चोरी सिकारविरुद्धको युनिटसँग पनि छलफल गर्‍यौं,’ उपमहानिर्देशक कार्कीले भने । मंगलबार घटनास्थलमा गएर थप अध्ययन गर्ने उनले बताए । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार माघ ६ गते मध्याह्न दुईवटा गैंडा मृत फेला परेका थिए । निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत भुताहा पोस्टनजिक मध्यबिन्दु नगरपालिका–२ मा पर्ने नारायणी नदीको उत्तरी किनारमा अन्दाजी १४ वर्षको पोथी गैंडा र अर्को अन्दाजी चार वर्षको भाले बच्चा गैंडा मृत भेटिएका थिए । बच्चा गैंडाको पलाउँदै गरेको खाग सुरक्षित रहे पनि माउको खाग काटेर लगेको हुँदा तस्करले नै गैंडा मारेको पुष्टि भएको थियो । गैंडाको पोस्टमार्टम गर्दा करेन्ट लागेर मरेको प्रस्ट भएको सूचना अधिकारी तिवारीले बताए । नदी किनारको मन्दिर आड र घटनास्थलमा भेटिएको विजुलीको तार एउटै भएका कारण मन्दिरबाटै तार टाँगेर लगेर गैंडा मारेको देखिएको तिवारीले बताए । ‘करेन्ट लागेर गैंडा मरेको पोस्टमार्टमले क्लियर गरेको छ । बिजुली कहाँबाट लगे भनेर हेर्दा मन्दिरबाटै लगेको देखिन्छ । तैपनि अनुसन्धानको अन्तिम नतिजा आइसकेको छैन,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस