शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै
समाचार

‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै

चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमाम निवेदन दिने भएका छन् । श्रेष्ठ आइतबार विहान ११ः३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने उनको सचिवालयले जनाएको छ ।

यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मान्तरले पराजित भएका थिए । कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए ।

विज्ञापन

पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए । तर लामिछाने नागरिकता सम्बन्धि मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त भएका थिए । लामिछानको रास्वपाले भने तत्काल उपनिर्वाचन गर्न माग गरेको छ । शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस