शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • स्वास्थ्य र शिक्षामा समाजवादी माेडल आवश्यक छ : अधिकारी
समाचार

स्वास्थ्य र शिक्षामा समाजवादी माेडल आवश्यक छ : अधिकारी

भरतपुर ।
वरिष्ठ चिकित्सक डा. भाेजराज अधिकारीले समतामूलक स्वास्थ र शिक्षा सेवाको पहुँच स्थापित गर्ने आफ्नाे याेजना रहेको बताएका छन् । उनलेे स्वास्थ्य र शिक्षामा समाजवादी माेडल स्थापित गर्न सबै जनतासँग समान पहुँच पुग्नेगरि अघि बढ्ने बताए । चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य गठबन्धनका उम्मेदवार रहेका अधिकारीले जनताको समस्या सम्बाेधन गर्नेगरि मैदानमा आएकाे बताएका छन् । स्वास्थ, शिक्षा क्षेत्रकाे विकास र विस्तारसँगै समग्र याेजना अघि बढाउन आफू निर्वाचित हुनुपर्नेमा उनको जाेड छ ।

भरतपुर- २५ मा भएको चुनाव केन्द्रीत कार्यक्रमलाई सम्बाेधन गर्दै उनलेे मन र मतलाई एकिकृत गर्ने समय आएकाे बताए ।

विज्ञापन

अहिलेसम्म प्राप्त नतिजाले असफल नभएको बताउँदै डा. अधिकारीले अबको नतिजाले पनि पहिलो बनाउने विश्वास व्यक्त गरे । व्यवस्था अनुसार अवस्था बदल्न यहाँको माटाेलाई सदुपयोग गर्ने उनले बताए । आफू नै आफ्नाे प्रतिनिधि हाे भन्ने रूपमा जनताको घलदैलाेमा जानुपर्ने उनको भनाइ छ । असत्यका विरूद्व सत्य स्थापित गर्न उनले अपिल गरेका छन् ।

विज्ञापन

निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा माओवादी नेता गाेपाल न्याैपानेले जाेड दिए । उनले देशको महत्त्वपूर्ण नीति निर्माणका लागि डा. भाेजराजलाई जिम्मेवारी दिन निर्वाचित गराउनुपर्ने बताए ।निर्वाचित गर्ने सुनाैलाे अवसरलाई सदुपयोग गर्न उनको आग्रह छ ।स्थानीय जनतासँग सुमधुर सम्बन्धका साथ जाेडिनुपर्ने पनि उनलेे बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस