सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • अबको ७ दिन घरभित्रको फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह
समाचार

अबको ७ दिन घरभित्रको फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले अबको ७ दिनसम्म घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न आग्रह गरेको छ।

आज काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पुर्‍याउन उक्त निर्णय गरेको हो।

विज्ञापन

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै हिजो साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएकोले समितिको बैठकमा यही अनुरोधका विषयमा छलफल गर्दै स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय भएकोले उक्त अवधिभर फोहोर उत्पादकलाई अनुरोध गर्ने र सडकको फोहोर पोको बनाउँदै व्यवस्थापन गर्ने निर्णय भएको महानगरले महानगरले जनाएको छ।

विज्ञापन

यस्तै महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरेको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस