On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख १६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • हाम्रो मनोविज्ञान कस्तो भइदियो भने पढ्ने अनि विदेश जाने : मन्त्री मेटमणि चौधरी
समाचार

हाम्रो मनोविज्ञान कस्तो भइदियो भने पढ्ने अनि विदेश जाने : मन्त्री मेटमणि चौधरी

शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनीयरहरू विदेश पलायन हुन नहुने बताएका छन् ।

बुधवार पुल्चोक क्याम्पस इन्जिनीयरिङ अध्ययन संस्थानमा विद्यार्थीहरूसँग मन्त्री कार्यक्रम अन्तर्गत भएको शहरी विकास विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनीयरहरू विदेशिन नहुने बताए ।

विज्ञापन

उनले इन्जिनीयरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीलाई आग्रह गरे । उनले मुलुक निर्माण गर्ने जिम्मेवारी इन्जिनीयरहरूको पनि भएको उल्लेख गर्दै जिम्मेवारी पूरा गर्न आग्रह पनि गरे ।

विज्ञापन

मन्त्री चौधरीले शहरी विकास सम्बन्धी नीतिहरू बनाउँदा इन्जिनीयरहरूको ज्ञानको पनि उपयोग गरिने बताए । उनले भने, ‘हामीले नीति बनाउने कुरामा यहाँहरूलाई उपयोग गर्ने कुरामा हाम्रो ध्यान पुगेको छ । इन्जिनीयरिङ कलेज भर्ना गर्नुभन्दा अगाडि विदेश जान पाइन्छ भन्ने जुन मनोविज्ञान छ, यसलाई सधैंभरका लागि छाड्नुपर्छ । सरकारले लगानी लगाउने भनेको विदेशमा गएर आफ्नो पसिना चुहाउ अथवा ज्ञान बाँड भनेर होइन । हाम्रै मुलुकको विकासमा पनि तपाईंहरूको योगदान हुनुपर्छ । कहिलेकाहीँ तपाईंहरू भन्नुहुन्छ होला जस्तो मलाई लाग्छ, देश कसले बिगार्‍यो भन्दा नेताले बिगार्‍यो, कर्मचारीले बिगार्‍यो तर यो मुलुक निर्माण गर्ने जिम्मेवारी तपाईंहरूको पनि त छ नि ! किनकि तपाईंहरूलाई यो ठाउँमा ल्याउनका लागि नेपाल सरकारले थुप्रै लगानी लगाएको छ तर हाम्रो मनोविज्ञान कस्तो भइदियो भने पढ्ने अनि विदेश जाने । काम नलाग्ने भइसकेपछि फेरि नेपालमा आएर बस्ने । अब त्यो होइन । राज्यले मात्रै अथवा नेताले मात्रै अथवा सरकार सञ्चालन गर्नेले मात्रै सबथोक गर्न सक्दैन । उसले नेतृत्व गर्न सक्छ तर मुलुक सञ्चालन गर्ने, निर्माण गर्ने, मुलुकमा व्यवस्थित गर्न योगदान गर्ने कुरा हाम्रो आफ्नो पनि जिम्मेवारी हो । यो जिम्मेवारी यहाँहरूबाट हामीले प्राप्त गर्नसक्छौं भन्ने कुरा म राख्न चाहन्छु ।’

मन्त्री चौधरीले आगामी दिनमा नयाँ शहरहरू बनाउने भन्दै त्यसको इन्जिनीयरिङ गर्ने जिम्मेवारी इन्जिनीयरहरूलाई दिएर विदेश जान नपर्ने बनाउने बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस