सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरले दियो उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई १० हजार छात्रवृति
समाचार

भरतपुर महानगरले दियो उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई १० हजार छात्रवृति

चितवन । भरतपुर महानगरपालिकाले वार्षिक कार्यक्रम अनुसार प्राविधिक उच्च शिक्षा स्नातक र स्नाकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति वितरण गरेको छ ।
शुक्रबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा चेक विद्यार्थी एवम् अभिभावकलाई हस्तान्तरण गर्नुभयो । छात्रवृति कार्यक्रममा छनोट भएका छात्रछात्राहरुले एक वर्षको लागि १० हजार रुपैयाँ पाएका छन् ।
महानगरले छात्रवृति पाउन पाँच वटा सीमा निर्धारण गरेको थियो । छात्रवृत्ति पाउन अपाङगता, लोपोन्मुख, अतिसिमान्तकृत, दलित तथा सहिद परिवारका विद्यार्थी हुनुपर्ने प्रवाधान थियो ।

यस अन्तरगत नगर विकास योजनाको आर्थिक वर्ष ०७८÷०७९ स्वीकृत वार्षिक कार्यक्रममा भरतपुर महानगरपालिकाभित्र स्थाई बसोबास गर्ने ८ जना विद्यार्थी छनोट भई छात्रवृति पाएका छन् ।

विज्ञापन

महानगरले प्रमाणपत्र तहमा ६ सय ९२ जना विद्यार्थीहरुलाई छात्रवृति दिदै आइरहेको भएपनि यस वर्षदेखि उच्च शिक्षा अध्धयन गर्ने विद्यार्थीलाई लक्ष्ति गरी यो कार्यक्रम लागू गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

विज्ञापन

भरतपुरको शिक्षा विकासलाई थप अगाडि बढाउन उच्च शिक्षा पढ्ने विद्यार्थीलाई प्रोत्सहान गर्न यो कार्यक्रम लागू गरिएको मेयर दाहालको भनाई छ । यो कार्यक्रम आगमी वर्ष पनि निरन्तरता पाउने मेयर दाहालले जानकारी दिनुभयो ।

महानगरपालिकाले यो छात्रवृति ५० जनालाई दिने व्यवस्था गरेपनि ८ जनाले मात्रै छनोट भएका छन् । यो पहिलो वर्ष भएकाले सबै विद्यार्थीलाई छात्रवृतिबारे जानकारी नभएको हुन सक्ने भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।
यस वर्ष छनोट भएकाले वर्षेनी नियमति क्याम्पसमा अध्ययन गरी रहेको कागजात बुझाएर छात्रवृति नविकरण गर्नु पर्ने प्रमुख पौडेलले जानकारी दिनुभयो ।
महानगरले आगामी वर्ष ५० जनालाई छात्रवृति दिने गरी कार्यविधि संशोधन गर्ने पनि जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस