सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छ : मेयर रेनु दाहाल
समाचार

भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छ : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताउनु भएको छ ।
भरतपुर महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई बस हस्तान्रण कार्यक्रममा मेयर दाहालले विगत ५ वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको बताउनु भयो ।

पूर्वाधारभित्रको पूर्वाधार शिक्षा भएकाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिको लागि महानगरले विभिन्न कार्यक्रमहरु गरी सामुदायिक विद्यालयतर्फ आर्कषण बढेको उल्लेख गर्नुुभयो ।

विज्ञापन

‘पाँच वर्षमा ७ हजार विद्यार्थी सामुदायिक विद्यालयमा बढे’उहाँले भन्नुभयो,‘यो भनेको गुणस्तरमा वृद्धि हुनु हो । अझै यो संख्या बढेर जान्छ । छात्रालाई साईकल वितरण, विद्यालयलाई बस हस्तान्तरण, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थियौ । विद्यालयका आधुनिक भवन निर्माण पनि भएका छन् ।’
महानगरपालिकाले एक वडा एक नमुना विद्यालय निमार्णको लक्ष्यका लिएकाले विद्यालयहरु बीच शैक्षिक प्रतिस्पर्धा कायम भई शैक्षिकक गुणस्तरमा वृद्धि हुने मेयर दाहालले दाबी गर्नुभयो ।

विज्ञापन

‘नारायणी नमुना मावि जस्तै सबै विद्यालय भरतपुरमा हुन जरुरी छ’उहाँले भन्नुभयो,‘भरतपुरमा मात्रै उत्कृष्ट होइन, देशकै उत्कृष्टमा पर्छ । नारायणी माविको विधि पद्धतिलाई सबै विद्यालयले अनुशरण गर्न आग्रह गर्छु । शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर सधै तयार छ ।’
मेयर दाहाले गरे केही पनि असम्भव छैन भन्ने कुरा विगत ५ वर्षमा गरेका कार्यले पुष्टि गरेको बताउनुभयो ।

महानगरपालिकाकले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न ५ वटा विद्यालयलाई बस हस्तान्तरण गरेको थियो । यो वर्ष भरतपुर १६ को ढड्डाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई मेयर दाहालले एक समारोहका बीच बसको चाबी हस्तान्तरण गर्नुुभयो ।
मेयर दाहालले बस हस्तान्तरणको कार्यक्रमलाई वर्षेनी निरन्तरता दिइने पनि उल्लेख गर्नुभयो ।
हस्तान्तरण गरिएको एउटा बसको मुल्य २१ लाख ४५ हजार रुपैयाँमा खरिद गरिएको हो । विद्यालयबाट टाढा रहेका विद्यार्थीहरुका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस