On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रका नेताको गर्जनः “गगन थापाले माग्नेबित्तिकै अर्थमन्त्रीले किन राजीनामा दिने ?”
समाचार

माओवादी केन्द्रका नेताको गर्जनः “गगन थापाले माग्नेबित्तिकै अर्थमन्त्रीले किन राजीनामा दिने ?”

काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले कांग्रेस महामन्त्री गगन थापाले माग्नेबित्तिकै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिन नमिल्ने बताएका छन् ।

पत्रकार सँग कुरा गर्दै नेता गजुरेलले भने, “हामी अहिले केन्द्रीय समितिको बैठकमा व्यस्त भएकाले त्यतातिर सोच्ने फुर्सद पाएका छैनौं । तर राजीनामा भन्ने कुरा त्यत्तिकै माग्दै हिँडेर त भएन । सत्यतथ्य नआईकन कसरी राजीनामा दिने ? आरोप त के के लगाउँछन् के के ? बहस त विभिन्न कोणबाट हुने गर्दछ, आग्रह, पूर्वाग्रहबाट पनि बहस हुन्छ, त्यसैले पहिला तथ्य कुरा बुझ्नु जरुरी छ । नेकपा एमालेले कुरा उठाइरहेको छ । अरु पनि लाइन पनि लागिरहेका छन् । गगन थापाले किन त्यसो भन्नुभयो, त्यो जनचासोको विषय होला । तर उहाँले भन्ने बित्तिकै सही भइहाल्ने त होइन नि ।”

विज्ञापन

अर्थमन्त्री जनार्दन शर्माले जनमुखी बजेट ल्याएकाले आत्तिएर राजीनामा मागिएको आरोप पनि उनले लगाए । गजुरेलले थपे, “सबैभन्दा पहिले त तथ्य के हो भन्ने कुरा आउनुपर्यो । अर्थमन्त्रीले स्पष्ट पार्नुपर्यो । कतिपय मानिस जनमुखी बजेट आयो भनेर आत्तिइरहेका छन् । यो घटनाले गर्दा त्यो विषय ओझेलमा परेको छ । एउटा घ’ट’नालाई अन्यत्र मोड्न खोजिएको छ ।”

विज्ञापन

बजेटमा राजस्वको दर परिवर्तन गर्दा पूर्व कर्मचारी अर्थमन्त्रालयमा गएको हो कि होइन भन्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुसँग सोधपुछ गर्नुपर्ने पनि उनले औंल्याए । गजुरेलले भने, “यस विषयमा कर्मचारीहरु किन बोलिरहेका छैनन् ? त्यहाँ जनार्दन शर्माले पूर्व कर्मचारीसँग एक्लै बसेर गरेको त होइन होला । अर्थमन्त्रालयबाट विज्ञप्ति आइरहेको छ । साँच्चै हो भने कर्मचारीहरु बोल्नुपर्यो नि । खोइ त उनीहरुले बोलेको ? उनीहरुलाई यथार्थ कुरा थाहा छ नि । सीसीटीभी फुटेज कसले नष्ट गर्यो ? यसबारे यथार्थ के हो भनेर प्रधानमन्त्रीले कर्मचारीसँग सोध्नुपरेन ? कांग्रेसका सभापति प्रधानमन्त्री हुनुहुन्छ, महामन्त्री राजीनामा मागिरहनुभएको छ ।”
माओवादी केन्द्रमा पनि यसबारे कुरा उठिरहेको नेता गजुरेलले बताए । उनले भने, “यस विषयमा हाम्रो पार्टीमा पनि कुरा उठिरहेको छ । तर औपचारिक छलफल भएको छैन । भोलि छलफल होला । अर्थमन्त्रीले पनि स्पष्ट पार्नुहोला । कोही व्यक्तिलाइै राखिरहने वा हटाइहाल्ने हाम्रो चाहना हुँदैन क्या ।”

गजुरेलले आफू पनि पार्टी पदाधिकारीको आकांक्षी रहेको स्पष्ट पारे । उनले भने, “केन्द्रीय समितिले बल्ल पूर्णता पायो । यथासम्भव पदाधिकारी चयन गर्नुपर्छ भन्ने मेरो भनाइ छ । महासचिव बन्ने चाहना त सबैलाई होला । तर पार्टीलाई को उपयुक्त हुन्छ, अध्यक्षले सोच्नुपर्यो । जिम्मा दिइयो भने म राम्ररी चलाएर देखाउँछु । अध्यक्षले अहिलेसम्म कसैका विषयमा बोल्नुभएको छैन । नीति र नेतृत्वमा विवाद छैन । महासचिवमा पनि विवाद छैन । मिडियामा आएको मात्र हो ।”

पत्रकारको अर्को प्रश्नमा गजुरेलले आफ्नो पार्टीमा गठबन्धन गर्नैहुन्न भन्ने पक्षमा कोही पनि नभएको बताए । उनले थपे, “स्थानीय तहको निर्वाचनको समीक्षा गर्ने सन्दर्भमा विभिन्न विचारहरु आइरहेका छन् । तर गठबन्धन गर्नुहुन्न भन्ने पक्षमा हाम्रो पार्टीभित्र कोही पनि छैन । त्यस्तो आवाज उठेको छैन । प्रतिगमनको खतरा रहँदासम्म गठबन्धन गर्नुपर्छ । गठबन्धन नगरेको भए महानगरमा के हुन्थ्यो भन्न सकिँदैन । तर पनि हाम्रो पार्टीको यो भन्दा राम्रो पोजिसन हुन्थ्यो । विगतका कमीकमजोरी सच्चाउँदै आआफ्नो शक्तिअनुसार सिट बाँडफाँड गरेर अघि बढ्नुपर्छ ।” उनले देउवालाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने सोच नभएको पनि स्पष्ट पारे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस