On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौ : मेयर रेनु दाहाल
समाचार

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौ : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताउनुभएको छ ।
नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशिल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा औल्याउनु भएको हो ।
मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गर्नुभयो ।
‘निजी क्षेत्रसँग सधै हातेमालो गर्न तयार छौ’ उहाँले भन्नुभयो,‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हुँदैन । निजी क्षेत्रसँग सहकार्य गर्न महानगर सधै सकारात्मक छ ।’
चितवनमा रहेका निजी क्षेत्रको सहकार्यमा लाईन्सचोकमा बहुउदेश्य व्यापारिक भवन, नारायणी नदीमा पूर्वाधार विकासका कामहरु भइरहेका छन् ।
मेयर दाहालले निर्वाचनको घोषणापत्रमा ‘मेड ईन भरतपुर’ कार्यक्रमलाई प्रथामिकतामा राखिएकाले यस कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च चितवनले सहकार्य गर्न सक्ने उल्लेख गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले गर्ने आर्थिक सम्बन्धी कार्यक्रममा नेपाली युवा उद्यामी मञ्चलाई समावेश गराइने बताउनुभयो ।
त्यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनलाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने गरी सबै पक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष निर्देश सेढाईले उद्यमशिलताले मात्र देश विकास सम्भव रहेको बताउनु भयो ।
नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सुर्यभक्त अधिकारीले युवा उद्यमीहरुलाई विदेश जानबाट रोक्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै अधिकारीले युवा उद्यमीलाई स्वदेशमै रहन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्वअध्यक्ष निरञ्जन न्यौपाने, दाताराम घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस