काठमाडौं । कृषिमन्त्री महेन्द्रराय यादवले मल वितरणमा समन्वय अभाव हुने गरेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले अनलाइनको व्यवस्था गर्न लागिएको बताए । “मलखादको वितरणका लागि अनलाइनको व्यवस्था हुनुपर्यो । ताकि कति मल गयो ? कुन किसानले पायो ? सहकारीबाट यसको प्रक्रिया अघि बढाएका छौँ । हामी पहल गरिरहेका छौंँ,” उनले भने ।
विज्ञापन
उनले कृषि मन्त्रालयले मल सातै प्रदेशमा दिने गरिएको छ प्रदेशले तल पठाउँदा सहकारीमार्फत जाने भएकाले समन्वयको अभाव हुने बताए ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु