On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • रेनु दाहालको सिको गर्दै बालेनले चाले अर्को कदम, विद्यासुन्दरलाई तनाव
समाचार

रेनु दाहालको सिको गर्दै बालेनले चाले अर्को कदम, विद्यासुन्दरलाई तनाव

काठमाडौं । भ्रष्टाचार निवारण गर्नका लागि बेरुजुको मात्र सकेसम्म घटाउनु पर्छ । बेरुजु नियन्त्रणमा चितवनको भरतपुर महानगरपालिका सबैभन्दा अगाडि देखिन्छ । त्यही भरतपुरकी मेयर रेनु दाहालको सिको गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि केरुजुलाई घटाउने योजना सुनाएका छन् ।

मेयर शाहले प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि बेरुजुको मात्रा घट्ने बताएका छन्। ‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन्,’ प्रमुख शाहले भने, ‘वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ।’

विज्ञापन

आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाईले शुक्रबार वडा सचिव, लेखापाल र इञ्जिनियरहरुसँग गरेको अन्तरक्रियाका क्रममा शाहले बेरुजु नियन्त्रणको सुझाव दिएका हुन्। उपप्रमुख सुनिता डंगोलले हतारमा काम नगर्न सुझाव दिइन्।

विज्ञापन

‘भोलि बेरुजु देखिने गरी काम गर्नुहुँदैन। अहिले सम्पन्न गरेका कामसम्बन्धी भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नु नपरोस्,’ उनले भनिन्। उपमेयरको बोल्ड बोली पछि सामाजिक सञ्जालमा मेयर बालेन साह भन्दा उपमेयर सुनिता डंगोल झन् कडा बनेर निस्किएको टिप्पणी भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, हिजोका बेरुजुलाई न्युनीकरण गर्ने र आगामी दिनमा बेरुजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गरे। ‘हामी यो आर्थिक वर्षको अन्त्यसम्ममा पेश्की शून्य अभियानमा छौँ,’ उनले भने, ‘लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरुजुलाई नियमित गर्छौं। त्यस्तै समपरीक्षण र असुलउपर विधिबाट बेरुजु घटाउँछौं।’

अन्तरक्रियामा प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र वेरुजु तथा फर्स्यौटका लागि अबलम्बन गरिनु पर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण गरेका थिए।

यस्तै वडासचिवहरु यम बसेल, शुशिल सुवेदी, रमेश घिमिरे, सुवोध खड्का, कमल गौतम, सुरेश साहु, जयदेव घिमिरे, श्याम पाण्डे, शिवराज सोती, देवी वस्ती, टंक बराल, मञ्जु आचार्य, चन्द्रगोपाल प्रधान, सुनिल राजभण्डारीसहित सहभागीले वडाबाट हुने प्राविधिक र प्रशासनिक कामको अन्तरसम्बन्ध मिलाउनु पर्नेमा जोड दिए। वडा सचिवलाई प्रत्यायोजन हुने अधिकार, योजनाको स्वीकृत गर्ने दायरालगायत व्यवहारिक कुराहरुमा उनीहरुले धारणा राखेका थिए। वडाबाट गरिने पूर्वाधारमा लगत इष्टिमेट, मुल्याङ्कन र भुक्तानी प्रक्रियाको सम्बन्धमा उनीहरुको जोड थियो। उनीहरुले घटना दर्ता समयमा हुन नसक्दा सामाजिक सुरक्षाका कार्यक्रममा वेरुजु देखिएको औँल्याएका थिए।

वडा १६ का लेखा प्रमुख चिनीकाजी महर्जनले वडाको वित्तीय व्यवस्थापनमा आन्तरिक समन्वय प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिए। यस्तै इञ्जिनियर सुमन बादे श्रेष्ठले प्राविधिक र प्रशासनिक विषयलाई छुट्याएर आफ्ना आफ्नै क्षेत्रमा जिम्मेवार हुनुपर्ने बताए।

महानगरले वडामा पूर्वाधार विकास र प्रशासनिक खर्च निकासा दिने गरेको छ। यसरी निकासा गरिएको रकम खर्च गर्दा देखिएका बेरुजु व्यवस्थापनका लागि वडाका कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको हो। लेखा परीक्षण तथा समपरीक्षण एकाई प्रमुख गोपालप्रसाद पोरखेलले भने, ‘हामीले बेरुजु फर्स्यौटको २९ प्रतिशत लक्ष्य हासिल गरिसकेका छौँ। प्रक्रियामा रहेको प्रगति ४५ प्रतिशत पुग्न लागेको छ। यो बर्षको अन्त्यसम्ममा ५० प्रतिशत पु¥याउने प्रयासमा छौँ।’

बेरुजु फर्स्यौटको कुरा उठेपछि पूर्वमेयर विद्यासुन्दर शाक्यको नाम जोडिन्छ । पाँच बर्षको अवधिमा शाक्यले अर्बैं बेरुजु निकालेका थिए । बेरुजु फर्स्यौट गर्दा सकेसम्म बिल भर्पाई मिलाउने, नसकेको खण्डमा पूर्वपदाधिकारीबाट वा जसको नाममा बेरुजु छ उसैबाट भराउने कानुनी प्रवधान छ । यसकारण शाक्यलाई तनाव भएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस