On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधन प्रयोग गर्नुपर्छ : मन्त्री भुसाल
समाचार

पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधन प्रयोग गर्नुपर्छ : मन्त्री भुसाल

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताएकी छन् ।

शनिबार महिनावारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले पट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइकल उपर्युक्त विकल्प भएको बताइन् ।

विज्ञापन

मन्त्री भुसालले साइकल र विद्युतीय सवारीसाधनको प्रयोगले वावरणलाई स्वच्छ बनाउने र भोग्नुपरेको वातावरणीय समस्या समाधान हुने पनि बताइन् । मन्त्री भुसालले भनिन्, ‘पेट्रोलियम पदार्थमा मूल्यबृद्धि भएको छ, जसले सबै क्षेत्रमा प्रभाव पारेको छ । यो साइकल यात्राले त्यसको जवाफ दिन्छ, हामीसँग भरपुर जलश्रोत छ ।’

विज्ञापन

उनले थपिन्, ‘साइकलले नपुगेको बेला विद्युतीय यातायात सञ्चालन गर्नुहुनेछ भन्ने आशा छ । वातावरणीय हिसवाले भोगिरहेका समस्या समाधान हुन्छन् । वातावरण साइकल यात्रा र विद्युतीय सवारीले समाधान गर्नेछ ।’

मन्त्री भुसालले महिनावारी हुँदा महिलालाई हेप्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको बताइन् । उनले महिला महनिावारी हुनु भनेको कुनै नराम्रो कुरा नभइ महिला भएको परिपक्वताको टुंगो लागेको बताइन् ।

मन्त्री भुसालले महिनावारी हुनु पाप नभइ गर्वको कुरा भएको भन्दै पछिल्लो समय सोचमा परिवर्तन भइरहेको बताइन् । उनले स्यानिटरी प्याडको निःशुल्क वितरणसँगै विद्यार्थीहरु अध्ययनबाट वञ्चित हुन नपरेको बताइन् । मन्त्री भुसालले अझै शहरमै पनि महिला महिनावारी हुँदा विभिन्न समस्या भोगिरहनुपरेको भन्दै यसविरुद्ध सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘महिलाको शरीरमा यस्तो एउटा जैविक बनावट छ । जसले शरीरका हरेक विकृत पदार्थहरु महिनावारीको रुपमा एउटा निश्चित उमेर पुगेपछि र एउटा निश्चित उमेर अवधिसम्म बहिर्गमन गराउने मासिक प्रक्रिया हो । यसलाई क्रमशः बुझ्दै जाँदा यो राम्रो प्रक्रिया हो । यसले मातृत्वको, महिलामा भएको क्षमताको पहचिान गराउँछ । शारीरिक स्वस्थताको निम्ति शरीरमा भएका विकृत पदार्थको बहिर्गमन पनि हो ।’

उनले थप भनिन्, ‘पछिल्लो पटक स्यानिटरी प्याडको आफ्नै ढंगले विकास भएको छ । महिनावारी हुनु पाप होइन, गर्वको कुरा हो । विद्यार्थीहरु महिनावारी भएपछि पढ्न नजाँदा अध्ययन छुट्ने समस्या थियो त्यो क्रम रोकिएको छ । शहरमै पनि यस्ता समस्या छन्, त्यसलाई हामीले वैज्ञानिक तथ्य र सचेतता र शिक्षाले जागरुक गराउनुपर्छ ।’

महिनावारी स्वच्छता दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म वृहत ¥यालीसमेत भएको थियो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस