On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अब जन्मिन्छन बालेन जस्ता हजारौं उम्मेदवार !
समाचार

अब जन्मिन्छन बालेन जस्ता हजारौं उम्मेदवार !

काठमाडौं । काठमाडौँ महानगरपालिकामा बालेन साहले उम्मेदवारी घोषणा गर्दै गर्दा पुराना र परम्परागत प्र्रतिष्पर्धी दलहरुले सायदै सोचेका थिए होलान् किउनले आफूहरुलाई टक्कर देलान् भनेर ।

सबैले गठबन्धन र एमालेबीच भिडन्त हुने आँकलन गरेता पनि ति आँकलनलाई गलत सावित गर्दै बालेन विजयको मुखमा आइपुगेका छन् । यस पटकको स्थानीय तह निर्वाचनमा जनताले शीर्षस्थ दलका नेताहरुलाई राम्रो सवक सिकाए ।

विज्ञापन

सधै चुनावमा विभिन्न आश्वासन दिएर कार्यन्वयन नगर्ने दलका नेताहरुको प्रवृत्तिबाट आजित आम नागरिकले यो चुनावमा भने नेताहरुलाई गतिलै झट्का दिए ।

विज्ञापन

चुनावी प्रचारप्रसारमा राम्रै माहोल बनाएका एमाले कांग्रेस लगायतका ठूला दलहरुले परिणाम भने त्यस अनुरुप ल्याउन सकेनन् । घरदैलो कार्यक्रममा त्यत्रा मानिस कहाँबाट ल्याए त्यो उनै दल र दलका नेताहरु जानुन् । तर वास्तविकता भने चुनावको मत परिणामले छरस्प्रष्टै पारिदियो । स्वतन्त्र उम्मेदवार बालेन साहमाथि आममानिसले गरेको यो विश्वास हेर्न लायकै थियो ।

ठूला भनिएका दलहरुलाई पछि पार्दै स्वतन्त्र युवाहरुले चुनावको मतपरिणाम आफ्नो पक्षमा पारेसँगै यसले काठमाडौँ महानगरपालिकाबासीले परिवर्तन चाहेकोप्रष्ट हुन्छ ।

महानगरवासीले परिवर्तनको प्रकृति अनुसार नै परिवर्तनको विगुल फुकेको विज्ञको बुझाई छ । महानगरपालिकामा मात्र नभई आफ्नो विरासत जमाएर बसेका नेताहरुलाई स्वतन्त्र युवा उम्मेदवारहरुले भारी मतान्तरले पराजित गरेको यथार्थ देशैभर चर्चाको विषय बनेको छ ।

यस्तो अवस्थामा अब पनि नेताहरुले जनताले जे भने पनि पत्याउँछ र आफैले भनेको मात्र मान्छ भनेर सोच्छन् भने त्यो नेताहरु आफै परास्त हुँदै जानुको संकेत भएको कतिपयको धारणा छ ।

काठमाडौँ महानगरपालिकामा बालेनले जित्ने निश्चित भइसकेको छ । दलीय व्यवस्था भएको देशमा स्वतन्त्र उम्मेदवारलाई अन्य दलका नेताले सहयोग गरेको हालसम्म देखिएको छैन ।

महानगरबासीका लागि केही गर्छु भनेर मैदानमा आएका बालेनलाई सबैबाट साथ सहयोग अवश्य चाहिन्छ, नै । यस्तोमा बालेन एक्लैले महानगरवासीको चाहाना अनुसार काम गर्न सक्छन् ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ । दलका झुण्डबाट बालेन नडराउने, नगरसभालाई सञ्चार मैत्री र पारदर्शी गराई अरुले असयोग गर्ने अवस्था नै सृर्जना गर्न नदिने समर्थकको दावी छ ।

महानगरबासी बालेनबाट व्यक्तिगत केही चाहदैनन् । समाजमा रहेको वेथितिको अन्त्य गर्दै काठमाडौँलाई व्यवस्थित सहरमा रुपान्तरित गरेको हेर्न चाहन्छन् । साथै, राजधानीबासीले दैनिक भोग्नुपरेको समस्याको समाधान भए उनीहरुलाई पुग्छ ।
ठूला दलको दबदवा रहेको देशकै राजधानीमा विना कुनै राजनीतिक पृष्ठभूमिबाट आएका बालेनलाई महानगरबासीले ठूलो विश्वास गरे । जुन विश्वासमा उनी मेयर बन्ने पक्का नै भइसकेको छ । अब यो विश्वासलाई मर्न नदिन उनको आगामी यात्रा केन्द्रित होला रु त्यो भने समयसँग्र प्रष्ट हुने नै छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस