On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चुनावी प्रक्षेपणः भरतपुरको मेयरमा रेनु दाहालले जित्ने
समाचार

चुनावी प्रक्षेपणः भरतपुरको मेयरमा रेनु दाहालले जित्ने

भारत एवं पश्चिमा मुलुकमा जसरी नेपालमा चुनाव कसले जित्ला भनेर मतगणना अघि सर्वेक्षण (एक्जिट पोल) गर्ने प्रचलन त्यति छैन। पछिल्लो समय केही अध्येताले यस्तो सर्वेक्षण अभ्यास थालेका छन्।

निर्वाचनसम्बन्धी अध्ययन, अनुसन्धान गरिरहेको संस्था ‘मिडिया आउटलेट’ ले यसपटक स्थानीय निर्वाचनको ‘इपी सेन्टर’ भरतपुर महानगरपालिकामा मतगणना पूर्व ‘एक्जिट पोल’ गरेको छ। मतदानका दिन शुक्रबार गरिएको सर्वेक्षणको नतिजाअनुसार भारतपुर महानगरको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले जित्ने छन्।

विज्ञापन

यो सर्वेक्षण गर्ने संस्था मिडिया आउटलेटका निर्देशक अरुण लम्सालले गरेका हुन, उनी भन्छन् , ‘म स्वतन्त्र अध्येता हुँ, आज भरतपुरका विभिन्न वडामा पुगेर ७५७ जनामा गरिएको नमूना सर्वेक्षणमा माओवादीकी उम्मेदवार रेनु दाहालले मेयरमा जित्ने निश्कर्ष निस्किएको छ।’

विज्ञापन

लम्सालका अनुसार ७५७ जनामा गरिएको सर्वेक्षणमा माओवादी उम्मेदवार रेनु दाहालका पक्षमा ३११ मत अर्थात ४१.०८ प्रतिशत समर्थन देखिएको छ।

त्यस्तै नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीको पक्षमा २६२ मत अर्थात ३४.६१ प्रतिशत देखिएको छ।

भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारलाई मतदान गर्छु भन्नेहरुको संख्या ९५ अर्थात् १२.५४ प्रतिशत देखिएको लम्सालले बताए। यो मत नेपाली कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलको भुइँकटहर चिह्नमा खसेको उनले बताए।

गत ०७४ को चुनावमा माओवादी र कांग्रेसबीच गठबन्धन भएका बेलामा पनि मेयर पदमा रुख चिह्नमा ७ हजार भोट खसेको थियो। यसपालि पनि रुखमा २.९८ प्रतिशत नमूना मत खसेको लम्सालले बताए। उनले भने, ‘मेयर पदमा ७५७ जनामा सर्वेक्षण गर्दा २० जनाले रुखमा मतदान गरेको पाइयो।’

भरतपुर महानगरपालिकाभित्र ७५७ जनामा गरिएको एक्जिट पोलका क्रममा २८ वटा अर्थात् ३.६९ प्रतिशत मत बदर भएको छ।

यसपटक भरतपुरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ। तर, एक्जिट पोलमा हलो चिन्ह पनि राखिएको थियो, जसमा १५ जना अर्थात् १.९८ प्रतिशतले मतदान गरेका छन्।

 

यसरी गरियो एक्जिट पोल
मिडिया आउटलेटले शुक्रबार भरतपुर महानगरपालिकाका विभिन्न मतदानस्थलमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मत सर्वेक्षण गरेको थियो।

भरतपुर महानगरपालिकाका वडा नम्बर २, ४, ७, ८ र १२ मा सो सर्वेक्षण गरिएको लम्सालले बताए।

गत स्थानीय तहको निर्वाचन परिणामलाई आधार बनाएर नमूना वडाहरु छानिएको लम्सालको भनाई छ।

निर्वाचन स्थल चयन गर्दा विगतमा कांग्रेस, माओवादी, एमाले र अन्य दलले पाएको मत प्रतिशतका आधारमा वडाहरु छानिएको उनले बताए।

०७४ को चुनावमा नेकपा एमालेले वडा स्तरमा ३५ प्रतिशत मत पाएको थियो। कांग्रेसले ३८, माओवादीले २० र राप्रपाले ७ प्रतिशत मत पाएको आधारमा वडाहरु छनोट गरिएको उनको भनाई छ।

पाँच वटा वडाका पाँच मतदान केन्द्रमा ३६ हजार ७७५ मतदाता रहेको स्थानमा नमूना मतपत्रका आधारमा एक्जिट पोल गरिएको लम्सालले बताए।

सिंगै महानगरपालिकाका ७५७ मतदातासँग लिइएको स्याम्पलका आधारमा तपाईंको संस्थाले निकालेको यो निष्कर्ष कसरी पत्याउन सकिएला? यो सर्वेक्षण सही निस्कन्छ भनेर कसरी विश्वास गर्न सकिएला?

लम्सालले दोहोर्याए, ‘म माओवादी समर्थक होइन, स्वतन्त्र अनुसन्धानको सिद्धान्त अपनाएर स्याम्पलिङ गर्दा आएको निश्कर्ष हो यो। अब मतगणनाबाट यस्तैखालको नतिजा आउनेमा म विश्वस्त नै छु।’

 

 

 

 

 

 

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस