On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चुनावी प्रक्षेपणः बालेन शाह चुनिने छन् काठमाडौंका मेयर
समाचार

चुनावी प्रक्षेपणः बालेन शाह चुनिने छन् काठमाडौंका मेयर

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाह आफ्ना ५४ प्रतिस्पर्धीलाई हराएर काठमाडौं महानगरको मेयर निर्वाचित हुने देखिएको छ।

ठूला र स्थापित दललाई हराएर स्वतन्त्र उम्मेदवार काठमाडौं महानगरको मेयर निर्वाचित भएको यो पहिलोपटक हुनेछ।

विज्ञापन

प्रक्षेपण टिमले एक सातादेखि काठमाडौंका ३२ वटै वडा पुगेर विभिन्न टोल तथा चोकमा भेटिएका मतदाताहरूसँग निरन्तर कुरा गरेको छ। हामीले चुनाव हुनुभन्दा केही दिनअघि मात्र काठमाडौंको भित्री नेवार बस्तीका १२ वटा वडाका २०० र त्यसभन्दा बाहिर रहेका २० वडाका ३३० मतदातासँग कुरा गरेका थियौं।

विज्ञापन

यी १२ वडामा करिब ८० हजार मतदाता छन् भने अरू २० वडामा झन्डै २ लाख २० हजार मतदाता छन्। काठमाडौंको भित्री नेवार बस्तीमा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहबीच मुख्य प्रतिस्पर्धा देखिएको थियो भने बालेन तेस्रो नम्बरमा थिए। भित्री सहरबाहेकका २० वडामा भने बालेनप्रति सबभन्दा ठूलो आकर्षण देखिएको थियो।

बालेनप्रति किन यति धेरै आकर्षण छ? के मतदानका दिनसम्म त्यो आकर्षण कायम रहन्छ र काठमाडौंका मतदाताले उनलाई मत दिन्छन्? यिनै प्रश्नको उत्तर खोज्न हामीले आज मतदानका दिन काठमाडौंका १५० बुथमा पुगेर मतदाताहरूसँग कुरा गर्‍यौं।

प्रक्षेपण टिमले निर्वाचनका दिन आफ्नो मत खसालेर आएका १३५० मतदातासँग उनीहरूको मतदान केन्द्रबाहिर कुरा गरेको छ। हाम्रो टिमले मतदातासँग कुरा गर्दा सकेसम्म महिला-पुरूष र उनीहरूको उमेर समूहको सन्तुलन मिलाउने प्रयत्न गरेको छ।

आफ्नो मत खसालेर आएका मतदातासँग हामीले आज गरेको कुराकानीबाट प्रक्षेपण टिमले पछिल्लो साताभरि काठमाडौंका मतदातासँग गरेको कुराकानीको थप पुष्टि भएको छ।

हामीले आज कुरा गरेका १३५० मतदातामध्ये ५७० जना अर्थात ४२ प्रतिशतले बालेन शाहलाई मत दिएको बताए। दोस्रोमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई ३५० अर्थात २६ प्रतिशतले मत दिएको बताए। तेस्रोमा एमालेका उम्मेदवार केशव स्थापितलाई ३३५ अर्थात २५ प्रतिशतले मत दिएको बताए।

हाम्रो विश्लेषणमा यी तीन जना उम्मेदवारबाहेक कसैले पनि जमानत जोगाउन सक्ने छैनन्। हामीले कुरा गरेका १३५० मतदातामध्ये ५९ जना अर्थात ४ प्रतिशतले अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई मत दिएको बताए। उनले चौथो धेरै मत पाउने छन्। त्यस्तै २९ जनाले राप्रपाका मदनदास श्रेष्ठ र ७ जनाले विवेकशील साझाकी समीक्षा बास्कोटालाई मत दिने बताए।

कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ।

हामीले कुरा गर्न खोजेका करिब एकतिहाइ मतदाताले या त हामीसँग कुरा गर्न चाहेनन् वा कसलाई मत दिएको भनेर खुलाउन चाहेनन्। बालेन शाहलाई मत दिएका धेरै मतदाताले भने सजिलैसँग कसलाई र किन मत दिएँ भनेर बताए। सिर्जना सिंह र केशव स्थापितलाई मत दिएका धेरैले केहीबेरको कुराकानीपछि मात्र उनीहरूलाई मत दिएको बताएका थिए। त्यसैले कसलाई मत दिएको भनेर खुलाउन नचाहेका मतदातामध्ये धेरैले बालेनभन्दा स्थापित र सिंहलाई धेरै मत दिएको अनुमान गर्न सकिन्छ।

बालेनलाई मत दिएका कतिपय मतदाताले वडाका उम्मेदवारलाई मत दिँदा झुक्किएर फेरि मेयरका अर्का उम्मेदवारलाई पनि मत दिन पुगेको बताएका छन्। बालेनको टिमका कतिपय मानिसले पनि आफ्ना उम्मेदवारले पाएका केही मत बदर हुनसक्ने चिन्ता रहेको बताए।

तर यसरी नखुलेका मतदाताको मत र बदर मतले अन्तिम गणनामा निर्वाचनको परिणाम नै फरक पार्छ भन्ने हामीलाई लाग्दैन। बालेन शाह र उनका दुई मुख्य प्रतिद्वन्द्वीबीचको मतान्तर भने केही घट्न सक्छ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले ‘कोर–सिटी’ बाहिरबाट धेरै मत ल्याउन सक्ने भए पनि कोर–सिटीभित्र भने नेकपा एमालेका केशव स्थापित सबभन्दा अगाडि छन्। दोस्रो स्थानमा सिर्जना र बालेनबीच कडा प्रतिस्पर्धा छ।

काठमाडौंमा कतिपय वडा यस्ता छन् जसले कोर–सिटीलाई छुन्छ तर धेरैजसो क्षेत्र कोर–सिटीबाहिर पर्छन्। त्यस्ता वडामा पनि कोर–सिटी बाहिरका मतदान केन्द्रहरूमा बालेनले ठूलो मत पाएको देखिन्छ। त्यही वडामा जब हामी कोर–सिटीभित्र प्रवेश गछौं, त्यहाँ बालेनले पाउने भोट कम हुँदै जान्छ।

उदाहरणका लागि, वडा नम्बर १६ मा जम्मा १० वटा मतदान केन्द्र छन्। अधिकांश मतदान केन्द्र काठमाडौंको कोर–सिटीबाहिर पर्छन्। बालाजु, टौडोल, म्हैपी, बाइसधारा लगायत ठूलो क्षेत्र यही वडामा पर्छ। हामीले यहाँका मतदान केन्द्रमा गएर भोट दिएर फर्किएका मतदातासँग कुरा गर्दा बालेन शाह आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि देखिए। उनलाई सिर्जना सिंहले पछ्याइरहेकी छन्। केशव स्थापित भने यहाँ पछाडि छन्।

तर वडा नम्बर १६ मै पर्ने कोर–सिटीको सोह्रखुट्टे र आसपासका केही मतदान केन्द्रमा केशव स्थापितले पाउने मत बढी देखिन्छ।

कोर–सिटीका वडा नम्बर १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७ मा केशव स्थापित अगाडि छन्। यहाँ परम्परागत रूपले नै एमाले बलियो रहँदै आएको छ। यसपालि भने कोर–सिटीबाट एमालेलाई जाने केही भोट बालेनले र केही भोट सिर्जनाले लैजाने देखिन्छ।

भित्री बस्तीका यी १० वडामा ३०९ जना मतदातासँग कुरा गर्दा ११६ जनाले केशव स्थापितलाई भोट हालेको बताए। त्यस्तै, ६६ जनाले बालेनलाई र ६३ जनाले सिर्जनालाई भोट हालेको बताएका छन्।

कोर-सिटीमा अर्का स्वतन्त्र मेयर उम्मेदवार सुमन सायमीले पनि राम्रो भोट ल्याउने छन्। यहाँ ५२ जनाले सुमनलाई भोट हालेको बताएका छन्। यसबाहेक नौ जनाले राप्रपा उम्मेदवार मदनदास श्रेष्ठलाई, एक जनाले विवेकशील साझाकी समीक्षा बास्कोटालाई र दुई जनाले अन्यलाई भोट हालेको बताए।

अर्कातिर नयाँबानेश्वर, बुद्धनगर, सिनामंगल, पुरानो बानेश्वर, बालाजु लगायत क्षेत्रका वडाहरूमा बालेन शाह आफ्ना प्रतिद्वन्द्वीभन्दा धेरै मतान्तरले अगाडि छन्। त्यहाँ बालेनको मुख्य प्रतिस्पर्धा सिर्जना सिंहसँग छ। एमाले उम्मेदवार केशव स्थापित निकै पछाडि देखिन्छन्।

कोर सिटीका १२ वटा र बाहिरका २० वडामा जोड्ने हो भने बालेन सबभन्दा अगाडि देखिन्छन्।

बालेन शाहलाई यसपालि काठमाडौंका मतदाताले यति ठूलो संख्यामा मत दिनुमा सबभन्दा ठूलो ‘फ्याक्टर’ उनीप्रति मतदाताको आकर्षण र स्थापित पार्टीहरू खासगरी एमाले र नेपाली कांग्रेसप्रति मतदाताहरूको दिक्दारी देखिन्छ।

हामीले पछिल्लो साता कुरा गरेका धेरै मतदाताले बालेन शाहले भनेका विचार र महानगरबारे उनले उठाएका एजेन्डा मन परेको बताएका थिए। उनलाई मत दिएका बहुसंख्यक मतदाताले योभन्दा पहिले एमाले र कांग्रेसलाई मत दिए पनि उनीहरूले केही नगरेकाले यसपालि स्वतन्त्र उम्मेदवार शाहलाई मत दिएको बताएका छन्।

बालेनलाई यसपालि मत दिने मतदातामध्ये सबभन्दा धेरैले २०७४ सालको चुनावमा एमालेका विद्यासुन्दर शाक्यलाई मत दिएको बताए। त्यस हिसाबले बालेनले एमालेलाई परम्परागत विश्वास गरेका मतदाताबाट ठूलो मत पाएको देखिन्छ।

उनलाई मत दिएका ५७० मतदातामध्ये २०७ अर्थात ३६ प्रतिशतले अघिल्लोपटक एमालेलाई मत दिएको बताए। त्यस्तै १२० जना अर्थात २१ प्रतिशतले अघिल्लोपटक कांग्रेसलाई मत दिएको बताए।

गएको चुनावमा विवेकशील र साझा पार्टीका मेयर उम्मेदवार रञ्जु दर्शना र किशोर थापालाई मत दिएका मतदाताको ठूलो संख्याले पनि यसपालि बालेनलाई मत दिएका छन्। उनलाई मत दिएका ६५ मतदाता अर्थात ११ प्रतिशतले यसअघिको निर्वाचनमा विवेकशील साझालाई मत दिएको बताएका छन्। त्यसबाहेक पहिलोपटक मत दिन लागेका मतदाताको सबभन्दा ठूलो आकर्षण पनि बालेनप्रति नै देखिन्छ।

हामीले पहिलोपटक मत खसाल्न लागेका सय जना मतदाता भेट्यौं। त्यसमध्ये ६६ जना अर्थात ६६ प्रतिशतले बालेनलाई मत दिएको बताए।

यस्ता नयाँ मतदाताले आफ्नो परिवारमा अघिल्लो पुस्ताका अभिभावकलाई पनि बालेनलाई मत दिन मनाएर ल्याएको धेरै उदाहरण भेटियो। कैयन युवा मतदातामा बालेनले जित्छन् र जित्नैपर्छ भन्ने आत्मविश्वास देखियो।

वडा नम्बर १६, क्षत्रपाटीस्थित नेपाल युवक स्कुलमा मत हालेका एक युवाले भने, ‘बालेनले यो चुनाव जितेनन् भने म नेपालमा बस्दिनँ।’

बालेनप्रतिको आकर्षणसँगै पुराना दलप्रतिको विकर्षण, अझ भन्ने हो भने दिक्दारीले पनि यो निर्वाचनमा ठूलो भूमिका खेलेको छ। हामीले पछिल्ला सात दिनमा कुरा गरेका कैयन मतदातामा बालेनप्रति ठूलो भरोसा देखियो। अब पुराना दलले केही राम्रो गर्न सक्दैनन् भन्ने धारणा उत्तिकै गहिरो देखियो।

चाबहिल, कुमारीगाल बस्ने ३८ वर्षीया सुनिता तामाङले चुनावको दुई दिनअघि हामीसँग कुरा गर्दै बालेनलाई मत दिने बताएकी थिइन्।

‘कांग्रेस, एमाले र माओवादीलाई यसअघिका चुनावहरूमा भोट हालेकै हो। यसअघिको स्थानीय चुनावमा पनि परिवारले कांग्रेसलाई दिनुपर्छ भनेकाले उतै दिइयो। अब चाहिँ पुग्यो,’ सुनिताले भनेकी थिइन, ‘यसपालि म बालेनलाई भोट दिने हो। उनको कुरा मलाई मन परेको छ।’

काठमाडौंमा उनको सबभन्दा ठूलो चासोको विषय बागमती लगायतका खोला सफा बनाउने हो।

‘जसले जिते पनि मलाई बागमती सफा भएको हेर्न मन छ,’ उनले भनिन्, ‘यहाँ पौडी खेल्दै हुर्किएका मानिस अझै छन्। तर अहिले नजिक जाँदा पनि गनाउँछ। नेताहरूले खोला सफा पार्न कामै गरेनन्।’

उनले अगाडि भनिन्, ‘काठमाडौंमा कति धेरै पुराना र राम्रा कुरा छन्। हामीलाई ती पुराना कुराहरू जोगाउने मेयर चाहिएको छ। भक्तपुर र ललितपुरका मेयरले कति धेरै काम गरे। काठमाडौंमा त्यत्तिको काम देखिएन। त्यसैले हामीलाई राम्रो काम गर्ने मेयर चाहिएको छ।’

बौद्ध, महांकालकी ३७ वर्षीया विमला तामाङले पनि मेयरमा बालेन शाहलाई भोट दिने बताएकी थिइन्।

‘अरूमा कसलाई दिने निर्णय गरेको छैन, मेयरमा चाहिँ बालेनलाई नै दिने हो,’ उनले भनिन्, ‘नेपालमा धेरै नेता छन्। माओवादीले धेरै वर्ष द्वन्द्व गरेर आयो, केही गरेन। सबै दलले विकासभन्दा धेरै भ्रष्टाचार गरे। बालेनले जे गर्छु भनेको छ, त्यो मलाई राम्रो लागेको छ। अरूले त यहाँ राजनीति मात्र गर्ने हो, काम केही गर्दैनन्।’

जसले जिते पनि सरकारी अड्डा-अदालतमा काम छिटो हुनुपर्ने र नातावाद, परिवारवाद र भ्रष्टाचार अन्त्य हुनुपर्ने उनको भनाइ छ।

गएको चुनावमा कांग्रेसलाई मत दिएका वडा नम्बर ६, बौद्ध बस्ने ३९ वर्षीय स्याङ्बो शेर्पाले पनि हामीसँग कुरा गर्दा यसपालि बालेनलाई मत दिने बताएका थिए।

‘उनको अन्तर्वार्ता सुनेको, राम्रै कुरा गर्ने रहेछन्। यत्तिको सोच भएको मान्छे राजनीतिक दलका उम्मेदवार छैनन्,’ उनले भने, ‘रिसर्च गरेरै आए होलान्, त्यसैले यसपालि उनैलाई भोट दिने हो।’

शेर्पाको पनि काठमाडौं कस्तो हुनुपर्छ भन्नेमा अरू मतदाताको जस्तै धारणा छ।

‘जो मेयर भए पनि सडक, खानेपानी र सहरको सरसफाइमा राम्रो काम गर्नुपर्‍यो। फुटपाथ बनाउनुपर्‍यो। शारीरिक अपांगता भएकाहरूका बारेमा सोचेर उनीहरूलाई सजिलो हुने गरी बाटो बनाइदिनुपर्‍यो। सबका लागि सिस्टममा काम हुनुपर्‍यो,’ उनले भने।

वडा नम्बर ३१ को एमके सिंह मार्गमा बस्ने अच्युत पौडेलले गएको चुनावमा विवेकशीलकी रञ्जु दर्शनालाई भोट दिएका थिए।

‘ठूला पार्टीलाई चुनौती दिएको भएर अहिले बालेनलाई दिने निर्णय गरेको छु,’ उनले भने, ‘निजी र सामुदायिक विद्यालयमा उत्तिकै गुणस्तरको पढाइ हुनुपर्छ। जसले जित्छ सामुदायिक स्कुल सुधारमा काम गर्नुपर्‍यो।’

एमाले र कांग्रेसका कतिपय कार्यकर्ता र शुभेच्छुक पनि यसपालि आफ्नो पार्टीले उठाएका उम्मेदवारसँग चित्त नबुझेर बालेनलाई मत दिएका भेटिए।

केही दिनअघि वडा नम्बर १४, रविभवनको चियापसलमा तीन जना मतदाता भेटिएका थिए। तीमध्ये एक जनाले आफू गठबन्धन दलको एउटा पार्टीसँग जोडिएको बताए। पार्टी र आफ्नो नाम भने खुलाउन चाहेनन्। उनले पनि यसपालि बालेनलाई नै भोट दिने बताए।

‘बालेनले जिते भने दलका नेताहरूले युवालाई नेतृत्व तहमा पुर्‍याउनेबारे सोच्लान् कि! अहिले त खाली वडामा पनि बूढाहरूलाई टिकट दिएर युवाहरूलाई बाहिर पारे,’ उनले भने।

आफ्ना नेताहरूलाई पाठ सिकाउन पनि बालेनले जितेको हेर्न चाहेको उनको भनाइ छ।

काठमाडौं घट्टेकुलोमा भेटिएका कांग्रेसका एक कार्यकर्ताले पनि बालेनलाई मत दिएको बताए।

‘उम्मेदवार छान्नेमा नेताहरूको हालीमुहाली देखियो। न आम मतदाताको धारणा बुझ्ने काम भयो, न कार्यकर्ताको कुरा सुनियो,’ उनले भने, ‘नेताहरूले सबक नसिके फेरि पनि यसै गर्छन्। त्यसैले मैले बालेनलाई मत दिएको हो।’

वडा नम्बर ३२ पेप्सीकोलामा भेटिएकी एक महिलाले आफ्नो परिवारले सधैं कांग्रेसलाई मत दिएको बताइन्।

‘हामी नुवाकोटबाट सरेर यहाँ आएका हौं। हामीले सधैं कांग्रेसलाई मत दिएको हो,’ उनले भनिन्, ‘यसपालि भने परिवारका छ जनाले नै बालेनलाई दियौं। मेयरबाहेक अरू कनै उम्मेदवारलाई मत दिएनौं।’

यसपालिको चुनावमा सबभन्दा धेरै मत एमालेले गुमाएको देखिन्छ। बालेनलाई मत दिनेमध्ये सबभन्दा धेरैले अघिल्लोपटक एमालेलाई दिएको बताएका छन्। अघिल्लोपटक एमालेलाई मत दिएका कतिपय मतदाताले यसपालि कांग्रेसकी सिर्जना सिंहलाई दिएका छन्। २०७४ को चुनावमा कांग्रेसले मेयरमा राजुराज जोशीलाई उठाएको थियो। काठमाडौंको मुख्य नेवार बस्तीका कैयन कांग्रेसी मतदाताले जोशीको सट्टा एमालेका विद्यासुन्दर शाक्यलाई मत दिएका थिए।

यसपालि सिर्जनाले अघिल्लोपटक शाक्यलाई गएको त्यो परम्परागत कांग्रेसी मत फर्काएकी छन्। उनलाई मत दिएको बताउने ३५० मतदातामध्ये ६० जनाले अघिल्लोपटक शाक्यलाई दिएको बताए। अघिल्लोपटक कांग्रेसलाई मत दिएका नगन्य मतदाताले मात्रै यसपालि स्थापितलाई मत दिएको बताएका छन्।

अर्कातिर एमाले र कांग्रेसका उम्मेदवारले नयाँ मतदातालाई आकर्षित गर्न सकेको देखिँदैन। थोरै मात्र नयाँ मतदाताले यसपालि उनीहरूलाई मत दिएको बताए। त्यस्तै गएको निर्वाचनमा विवेकशील र साझा पार्टीलाई मत दिएका मतदाता पनि कांग्रेस र एमालेमा फर्किएको देखिँदैन।

यसरी एमाले र कांग्रेसलाई पराम्परागत रूपमा मत दिएका मतदाता टाढिएका र नयाँ मतदाता पनि तान्न नसकेपछि दुवै पार्टी पछि परेका छन्।

यो निर्वाचनको सबभन्दा ठूलो सन्देश मतदाताले राजनीतिमा खोजेको परिवर्तन हो।

बालेनप्रति उनीहरूले गरेको विश्वास र भरोसा हो। यो सेतोपाटीको प्रक्षेपण हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस