आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • आँपटारीका भूमिहीन भन्छन् : रेनु दाहालले मात्र हाम्रो कुरा सुनिन्
समाचार

आँपटारीका भूमिहीन भन्छन् : रेनु दाहालले मात्र हाम्रो कुरा सुनिन्

भरतपुर। भरतपुर महानगरपालिका वडा नम्बर २ अन्तर्गत सुकुम्वासी टोल अन्तर्गत इन्द्रेणी टोल र मिलन टोलमा गठबन्धनका उम्मेदवारहरूले घरदैलो गरेका छन्। उनीहरूले दुवै टोल गरी करिब २५० घरदैलो घरी वडाका भूमिहीनसँग मत मागेका हुन्। सधैँभरि निराश हुने त्यो टोलमा गठबन्धनको उम्मेदवारसहित र नेता कार्यकर्ताले भेटेपछि उनीहरू उत्साहित भएका छन्।

बत्तीको मुनिको अँध्यारो जस्तो देखिने त्यो टोलमा दशकौंदेखि भूमिहीनले बसोबास गर्दै आएका छन्। अघिल्ला निर्वाचनमा दुःखी भएका र असन्तुष्टि देखिएका उनीहरू केही महिना देखि भूमि आयोग, चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा लालपुर्जा र निस्सा वितरण गरेपछि खुसी भएका हुन्। घरदैलो गर्ने क्रममा इन्द्रेणी टोलमा साढे ४ दशकदेखि बस्दै आएका सुकबहादुर तामाङ निस्सा पाइसकेको र लालपुर्जा आउने क्रममा रहेको बताए।

विज्ञापन

‘निस्सा त पाइसक्यो, अब चुनावपछि लालपुर्जा पाइएला नि,’ तामाङले भने। वर्षौंदेखि जग्गा नपाएर अहिले बल्ल रेनु दाहाल र प्रचण्डको पहलमा आफूले निस्सा पाएको उनको भनाई छ। ‘हामीले बस्न खान पाउनु पर्‍यो, अरू भनेको देशको विकास हुनुपर्‍यो,’ तामाङले भने।

विज्ञापन

उनीजस्तै अर्की भूमिहीन पूर्णमाया तामाङ पनि जग्गाको निस्सा पाएर दंग छिन्। वडा अध्यक्ष मनोज रानाभाटसहित गठबन्धन घरदैलोमा आउँदा उनले अबीर लगाएर स्वागत गरिन्। सो क्रममा उनले प्रतिक्रिया दिँदै भनिन, ‘हाम्रो अब पनि मेयर रेनु दाहाल चाहिन्छ, वडा अध्यक्षमा मनोज रानाभाट नै चाहिन्छ।’ वडा अध्यक्षका उम्मेदवार मनोज रानाभाट जित्दा समग्र सुकुम्वासीको हित हुने उनीहरूको तर्क छ।

सो टोलका सचिव सानुरामु वडा अध्यक्षका उम्मेदवार रानाभाटले कोरोनाको समयमा सबै सुकुम्वासीहरूलाई राहत सामाग्री तथा आयआर्जनका लागि कुखुराका चल्लाहरू वितरण गर्नुभएकोले जित भएपछि सुकुम्वासीले थप सहयोग आशा गरेको बताए। ‘अहिले भरतपुर महानगरपालिका रेनु दाहालले विकास प्रेमी भएको र वडा अध्यक्ष युवा जोस जाँगर भएको समाज सेवा प्रेमी भएकोले पनि रानाभाटलाई भोट दिन्छौं, दिनुपर्छ,’ रामुले भने।

सो क्रममा बोल्दै वडा अध्यक्ष उम्मेदवार रानाभाटले आफूले गरेका प्रतिबद्धता पुरा गर्ने वाचा गरे। ‘मेरो यो टोलमा सार्नैदेखि रगत पसिना भिजेको छ। मैले सक्दो सहयोग पनि गर्दै आएको छु। त्यसैले पनि उहाँहरूले भारी मत दिएर जिताउनु हुनेछ,’ रानाभाटले भने। भूमिहीनको पूर्णसाथ सहयोग र उनीहरू उत्साहित भएकोले पनि आफ्नो जित सुनिश्चित रहेको उनको भनाई छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस