चितवन ।
नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार कान को हत्या भएको छ । उनको छुरा प्रहार गरी हत्या भएको हो ।
अज्ञाँत समूहको छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि अस्पताल पु¥याइएको भए पनि उनको उनको उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक नबराज अधिकारीले’ जानकारी दिए । उनका अनुसार परियारको ह”त्याबारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ ।
विज्ञापन
भरतपुर–७ कृष्णनगर खेलकुद मैदान आगाडी मोटरसाइकलमा हिडिरहेका परियारमाथि अज्ञाँत समूहले आइतबार साँझ छुरा प्रहार गरेका थियो । छुरा प्रहारबाट घाइते भएका उनलाई तत्कालै चितवन मेडिकल कलेज पुर्याइएको भए पनि चिकित्सकहरुले उनलाई मृ’त घोषणा गरेका थिए ।
विज्ञापन
यसैबीच नेपाली काँग्रेस चितवनले आफ्नो बागमती प्रदेश प्रतिनिधि अनिल परियारको ह’त्यारालाई २४ घण्टाभित्र कार्वाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको छ । हामीसंग कुराकानी गर्दै जिल्ला उपसभापति राजीब न्यौपानेले भने – ‘हाम्रा बागमती प्रदेश प्रतिनिधिको हत्या भएको छ । हामी कसरी चुप रहन सक्छौं । २४ घण्टाभित्र दोषिलाई कार्वाहीको दायरमा ल्याइयोस ।’
उनले थपे– ‘यसबारे जिल्लाको आधिकारिक बिज्ञप्ती आउँदैछ । त्यसमा हाम्रो आधिकारिक धारणा हुनेछ ।’
कानको ह’त्यापछि चितवनको सुरक्षा व्यबस्था कडा बनाइएको छ।
फेसबुक प्रतिक्रियाहरु