आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • मजदुर नेता बद्री र साहित्यकार ईश्वरचन्द्र माओवादी प्रवेश
समाचार

मजदुर नेता बद्री र साहित्यकार ईश्वरचन्द्र माओवादी प्रवेश

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका मजदुर नेता बद्री बजगाईं र साहित्यकार ईश्वरचन्द्र ज्ञवाली नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आयोजित आइतबार एक कार्यक्रमका वीच बजागाई र ज्ञवालीले माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

विज्ञापन

तत्कालीन एकीकृत माओवादीबाट विभाजन भई वैद्यले आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि मजदुर नेता बजगाईं र ज्ञवाली गएका थिए ।

विज्ञापन

वैद्य नेतृत्वको पार्टीमा बस्ने अवस्था नभएपछि माओवादी केन्द्रमै फर्किएका हुन् । पछिल्लो समय वैद्य र विप्लव समूहबाट असन्तुष्टि जनाउँदै माओवादी केन्द्रमा फर्किरहेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस