सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • देउवाको प्रश्न : रेनु दाहाल जस्तो काम गर्ने मान्छेलाई नजिताए कसलाई जिताउने ?
समाचार

देउवाको प्रश्न : रेनु दाहाल जस्तो काम गर्ने मान्छेलाई नजिताए कसलाई जिताउने ?

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको मेयरमा रेनु दाहाललाई जिताउने सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

आज (बिहीबार) भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई समोधन गर्दै उनले यस्तो बताएका हुन् । भरतपुर बेरुजु नभएको नमूना पालिका भएकोले मेयरमा फेरि रेनु दाहाललाई जिताउन सहयोग गर्नुपर्ने बताए ।

विज्ञापन

‘मैले सुने भरतपुर महानगरपालिकामा बेरुजु छैन । उहाँ बेरुजु नभएको पालिकाको मेयर हुनुहुन्थ्यो । यहाँ हरेक गल्लीमा पिच भएको छ । उहाँले भरतपुरलाई स्मार्ट सिटी बनाउने घोषणा गर्नु भएको छ । अन्तराष्ट्रिय सभाहल र रंगशाला बनाउन खोज्नु भएको छ । यो सानो कुरा हो ? उनले भने, यस्तो काम गर्ने मान्छे मेयर नभए को हुन्छ ?

विज्ञापन

उनले अघि भने, ‘हाम्रो साथीहरु रेनु हुँदैन भन्नुहुन्छ । यस्तो काम गर्ने मान्छे नभए को हुन्छ ? उनले रेनुलाई जिताउनु कांग्रेसको कर्तव्य भएको समेत बताए । ‘उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो । उहाँलाई नजिताए चितवनका जनताले के भन्लान ? धन्यावाद भन्नुको साटो विरोध गर्न मिल्दैन ।’

अरु पालिकामा विरोध नहुँदा चितवनमा मात्रै विरोध हुनुले षड्यन्त्रको संकेत देखिएको उनको भनाइ छ । ‘कही गठबन्धनको विरोध भएन । यहाँ मात्रै किन विरोध ? गठबन्धन टुटाउन ठूलो षड्यन्त्र भइरहेको छ । चितवनबाट गठबन्धन टुटाउने षड्यन्त्र हुनु हुँदैन, ‘उनले भने ।

अहिले गठबन्धनलाई जिताए यो गठबन्धन १०-१५ वर्षसम्म रहिरहने समेत उनको भनाइ थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस