आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा आज गठबन्धनको विशाल चुनावी सभा हुदै
समाचार

भरतपुरमा आज गठबन्धनको विशाल चुनावी सभा हुदै

भरतपुर ।
सत्तारूढ गठबन्धनले आज बिहीबार भरतपुरमा विशाल चुनावी सभा गर्ने भएको छ ।
सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामा सहभागी हुन प्रधानमन्त्री देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आएका छन् ।

विज्ञापन

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।

विज्ञापन

 

यो क्षेत्रमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेको तर्फबाट विजय सुवेदी मैदानमा छन् ।
पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणसहितका कांग्रेस नेताहरू चितवन आएपनि सफल हुन सकेका थिएनन् । पौडेललको उम्मेदवारीले सत्ता गठबन्धनलाई चुनौती थपिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस