On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • हिजो एक्लै चुनाव लड्ने हुँकार दिन्थे ओली, अहिले एमालेले पार्टीमात्र होइन व्यक्तिसँग पनि गर्‍यो गठबन्धन
समाचार

हिजो एक्लै चुनाव लड्ने हुँकार दिन्थे ओली, अहिले एमालेले पार्टीमात्र होइन व्यक्तिसँग पनि गर्‍यो गठबन्धन

चुनाव घोषणा गरेदेखि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ताग ठबन्धनसँग एमालेले यसपालि एक्लै भिड्ने बताइरहे।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा खोलेको तरकारी बजारको चैत १६ गते उद्घाटन गर्दै ओलीले सत्ता गठबन्धनमा रहेका पाँच दललाई एक-एक किलोको ढकको सज्ञा दिँदै एमाले एक्लै क्विन्टलको भएको बताएका थिए।

विज्ञापन

‘कतिपय साथीहरूलाई लाग्न सक्छ गठबन्धन गरेका छन्, अप्ठेरो पर्न सक्ला भनेर,’ ओलीले भनेका थिए, ‘मैले भन्ने गरेको छु- यदि एउटा तराजुमा एक/एक किलोका पाँच वटा ढक एकातिर राख्नुभयो र क्विन्टलको ढक अर्कातिर राख्नुभयो भने के हुन्छ? एमाले क्विन्टलको ढक हो। पाँच वटा भनेका एक-एक किलोका ढक हुन्।’

विज्ञापन

 

ओलीले अब एमालेसँग कसैले पनि एक्लाएक्लै लड्छु भन्ने नचिताए पनि हुने बताएका थिए।

‘एमालेसँग लड्न सकिँदैन भनेर गठबन्धन गर्नु ठिक छ। गठबन्धन गरेरै आउनुपर्छ। साह्रै बच्चा भयो भने गाह्रो हुन्छ। निहुरेर लडाइँ गर्नुपर्छ। कुम-कुममा खुट्टा राखेर पाँच जना आए त निहुरिन परेन,’ उनले भने, ‘लोभी पापीहरूको गठबन्धन कति गाह्रो होला?’

ओलीले एमाले एक्लै चुनाव लड्छ भनेर दिएको हुँकार १५ दिन पनि टिक्न सकेन। एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वमा रहेको नेपाल परिवार दलसँग चैत ३० मा चुनावी तालमेल नै गर्‍यो। पाँच बुँदे सहमति गर्दै उनीहरूले सूर्य चिन्हमा चुनाव लड्ने र एकअर्काका उम्मेदवारलाई सहयोग गर्ने समझदारी गरे।

यसको एक सातापछि एमालेले आफ्नो चुनावी गठबन्धनलाई झन् कसिलो बनाउन महासचिव शंकर पोखरेलबाट नै सर्कुलर जारी गरेको थियो- राप्रपा नेपाल, परिवार दल र जनमोर्चासँग सहकार्य गर्नू।

जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई वैशाख ७ मा पठाएको सर्कुलरमा महासचिव पोखरेलले राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग चुनावी सहकार्य गर्न निर्देशन दिएका छन्। पार्टीको प्रभाव र अवस्था हेरेर आ-आफ्नो कार्यक्षेत्रमा आवश्यकअनुसार चुनावी तालमेलको सहमति कार्यान्वयन गर्न एमालेले भनेको थियो।

राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति भए पनि एमालेसँग पालिका तहमा चुनावी सहकार्य गर्न भने राजेन्द्र लिङ्देन नेतृत्वमा रहेको राप्रपा आइपुगेको छ।

राप्रपाले पनि आफूअनुकूल हुने गरी एमालेलाई कतै विरोधमा त कतै समर्थनमा उम्मेदवारी दिएको छ।

ओलीकै गृहनगर झापाको दमकमा एमाले र राप्रपा आमनेसामने हुने भएका छन्। यहाँ राप्रपाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दै मेयरमा राम थापालाई उम्मेदवार बनाएको छ।

राप्रपा उम्मेदवार थापालाई कांग्रेस र माओवादी केन्द्रको साथ छ भने यहाँ एमालेबाट मेयरमा गीता अधिकारी उम्मेवार छिन्।

०७४ को चुनावमा दमकको मेयर एमालेले जितेको थियो। रामनाथ ओली मेयर भएका थिए। उनले १० हजार आठ सय ६ मत ल्याएका थिए।

दोस्रो शक्ति भने राप्रपा हो। थापाले सात हजार छ सय ५५ मत ल्याएका थिए भने माओवादीका रेवतीराज पुरीले छ हजार आठ सय ९८ मत ल्याएका थिए। कांग्रेसका ढुण्डीराज भण्डारीले पाँच हजार पाँच सय ३९ मत ल्याएर चौंथो शक्ति बनेका थिए। तर यसपालि कांग्रेसले यहाँ राप्रपा र माओवादीसँग गठबन्धन गर्दै उपमेयर लिएको छ।

कांग्रेसकी रेगिना भट्टराई उपमेयर उठ्दा एमालेबाट अम्बिका खनाल उम्मेदवार छिन्। लामो समयदेखि मेयर उम्मेदवार हुँदै हार्दै आएका राप्रपाका राम थापा यसपालि भने माओवादी र कांग्रेसको साथमा चुनाव जित्ने दाउमा छन्।

राप्रपा नेपाल र परिवार दलसँग गठबन्धन गरे पनि ओलीको गृहनगर दमकमा यी पार्टीका धेरै प्रभाव छैन। त्यसैले गृहनगरमै एमाले यसपालि कमजोर हुने देखिन्छ।

ओलीको गृहनगर दमकमा एमालेविरूद्ध गठबन्धन गरेको राप्रपा चितवनका दुई पालिका र नवलपुरको गैंडाकोटमा भने एमालेसँग सहकार्य गर्न आइपुगेको छ।

भरतपुर महानगरमा राप्रपाले उपमेयर उठाएको छ। मेयरमा उम्मेदवारी नदिएको राप्रपाले एमालेका मेयर उम्मेदवार विजय सुवेदीलाई समर्थन गरेको छ। भरतपुरमा सत्ता गठबन्धनबाट माओवादीकी रेनु दाहाल मेयर र कांग्रेसका चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन्।

सत्ता गठबन्धनका उम्मेदवार हराउन भन्दै एमालेले भरतपुरमा राप्रपाको साथ लिएको छ। यहाँ एमालेले उपमेयर उठाएको छैन। राप्रपाकी उपमेयर उम्मेदवार हिमाला गुरूङलाई एमालेको समर्थन छ।

भरतपुरका वडा नम्बर १५ र २६ पनि एमालेले राप्रपालाई छाड्ने भएको छ। अन्य वडामा भने एमाले र राप्रपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने समझदारी बनेको थियो।

चितवनकै माडीमा पनि एमाले र राप्रपाबीच चुनावी गठबन्धन छ। एमालेबाट यहाँ ताराकाजी महतो मेयर उम्मेदवार छिन्। यहाँ एमालेले उपमेयर पनि उठाएको थियो। एमालेका उपमेयर उम्मेदवार रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिने र राप्रपाबाट उपमेयर उम्मेदवार मदन पौडेललाई समर्थन गर्ने सहमति भएको छ।

यहाँका ९ वडामध्ये मेयरसहित चार वडा एमालेले लिएको छ भने उपमेयरसहित पाँच वडा राप्रपालाई दिइएको छ। माडी राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्रमा पर्छ।

०७४ मा माडीमा माओवादीले मेयर जितेको थियो। ठाकुरप्रसाद ढकालले तीन हजार आठ सय ७३ मत ल्याएका थिए।

कांग्रेसले यहाँ तीन हजार आठ सय २९ मत ल्याएको थियो। त्यसबेला मेयरमा पराजित भएका कांग्रेसका खेमप्रसाद महतो यसपालि उपमेयर उठेका छन्।

०७४ मा राप्रपाले यहाँ तीन हजार ७३ मत ल्याएको थियो। एमालेले भने तीन हजार आठ सय २६ मत ल्याएको थियो।

माडीमा अहिले माओवादी र कांग्रेसले गठबन्धन गरेका छन् भने एमाले र राप्रपाले गठबन्धन गरेका छन्। यसपालि माओवादीका ऋषिराम काफ्ले मेयर उठेका छन्।

नवलपुरको गैंडाकोटमा पनि एमाले र राप्रपाबीच चुनावी तालमेल छ। जबकी यहाँ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि एक्लै मेयर उठेको छ।

यहाँ सत्ता गठबन्धनबाट चुनावी तालमेल छैन। तर एमालेले मेयरमा छत्रराज पौडेललाई उम्मेदवार बनाएर उपमेयर राप्रपाका तुलाराम पौडेललाई छाडेको छ।

०७४ मा यहाँको मेयरमा एमालेका छत्रराज पौडेलले ११ हजार तीन सय २ मत ल्याएर जितेका थिए भने उपमेयरमा कांग्रेसकी विष्णुमाया कँडेलले ११ हजार पाँच सय ५५ मत ल्याएर जितेकी थिइन्।

मेयर हारेका कांग्रेस उम्मेदवार गजेन्द्र आलेले ११ हजार ७८ मत ल्याएका थिए। उपमेयरमा हारेकी एमाले उम्मेदवार राधा पौडेलले १० हजार चार सय ५६ मत ल्याएकी थिइन्।

यहाँ कांग्रेसले यसपालि मेयर र उपमेयर नै उम्मेदवार उठाएको छ। माओवादीले मेयर उठाए पनि उपमेयर उठाएको छैन। सत्तापक्ष एक्लाएक्लै उम्मेवार बनेका ठाउँमा पनि एमाले राप्रपासँग चुनावी तालमेलमा छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एमालेसँग राप्रपाले केन्द्रीयस्तरमा गठबन्धन भने नगरेको बताए।

‘केही पालिकामा हामीले उठाएका उम्मेदवारलाई एमालेले समर्थन गरेको छ,’ उनले सेतोपाटीसँग भने, ‘कसैसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने राप्रपाले यसपालि नीति बनाएन। स्थानीय आवश्यकताअनुसार कतैकतै तालमेल भएका छन्।’

एमालेले मधेश प्रदेशका केही जिल्लामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि चुनावी तालमेल गरेको छ।

वीरगञ्ज उपमहानगरपालिकाको मेयरमा एमालेले विजय सरावगीलाई उठाएको छ भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार बनेका छन्।

यहाँ सत्तागठबन्धनबाट जसपाका राजेशमान सिंह मेयर र कांग्रेसका इम्तियाज आलमले उपमेयरमा उम्मदेवारी दिएका छन्।

०७४ मा यहाँ जसपाका सरावगीले मेयर जितेका थिए भने कांग्रेसले उपमेयर जितेको थियो। कांग्रेसकी शान्ति कार्कीले उपमेयर जितेकी थिइन्। सरावगी भने जसपा छाडेर एमाले प्रवेश गर्दै यसपालि मेयर उठेका थिए।

एमाले र लोसपाबीच महोत्तरीको बर्दिवास नगरपालिकामा पनि चुनावी तालमेल भएको छ।

एमालेले मेयर लिएर उपमेयर लोसपालाई छाडेको हो। यहाँ एमालेले टेकबहादुर बलाम्पाकीलाई मेयरको उम्मेदवार बनाएको छ। एमालेले लोसपाकी रामगुनकुमारी महतोलाई उपमेयरमा समर्थन गरेको छ।

बर्दिवासमा कांग्रेसले मेयरमा चिरञ्जीवि हमाललाई उठाएको छ। माओवादीले भने बर्दिबासको मेयरमा राजु खड्कालाई उठाएको छ।

एमालेले आफू कमजोर रहेका क्षेत्रमा अर्को पार्टीसँग मात्र होइन स्वतन्त्र उम्मेदवारसँग पनि चुनावी तालमेल गरेको छ।

तनहुँको व्यास नगरपालिकामा एमालेले नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशीको समूहसँग चुनावी तालमेल गरेको छ।

दीपकराजलाई व्यासको मेयर छाडेर एमालेले उपमेयर लिएको छ। उपमेयरमा एमालेकी बसुन्धरा घर्तीले उम्मेदवारी दिएकी छन्।

जोशीले स्वतन्त्र रूपमा मेयर उम्मेदवार बनेका छन्। गोविन्दराजलाई कांग्रेसले पाँच वर्षका लागि पार्टी साधारण सदस्यबाट निकालेको थियो।

उनका छोरा दीपकराज विदेशबाट फर्केर यसपालि स्वतन्त्र ढंगले मेयर उठेका छन्।

यसअघि वैशाख ८ मा जोशी समूह र एमालेबीच भएको सहमतिअनुसार जोशी समूहले व्यास नगरको प्रमुखसहित चार वडा पाएको थियो।

जोशी समूहले वडा नम्बर १, २, १२ र १४ को अध्यक्ष उम्मेदवार उठाएको छ। अन्यमा एमालेले उम्मेदवार उठाएको छ।

जोशी समूहले बन्दीपुर गाउँपालिका उपाध्यक्षसहित एक वडा, भानु नगरपालिका उपमेयरसहित तीन वडा, आँबुखैरेनी गाउँपालिकाको दुई वडासमेत पाउने सहमति भएको थियो।

व्यासमा कांग्रेसले पहिलेका मेयर वैकुण्ठ न्यौपानेलाई नै उम्मेदवार बनाएको छ। यहाँ उपमेयर पनि कांग्रेसबाट इन्दिरा दरै उपमेयर उम्मेदवार बनेकी छन्।

०७४ मा भएको चुनावमा व्यासमा एमाले र माओवादी गठबन्धन हुँदा पनि कांग्रेसले मेयर र उपमेयर जितेको थियो।

एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गरे पनि यी दलका उम्मेदवारलाई पालिका तहमा एमालेले उम्मेदवार समर्थन गरेको छैन।सेतो पाटी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस