सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक: काजीको बिहे हुन्छ कि हुँदैन ?
समाचार

बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक: काजीको बिहे हुन्छ कि हुँदैन ?

बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक भएको छ।

कबड्डी सेरिजको अन्तिम फिल्म ‘कबड्डी ४–द फाइनल म्याच’लाई नेपाली दर्शकहरुले बेग्र रुपमा प्रतिक्षा गरिरहेका छन्। बुधबार सार्वजनिक भएको ४ मिनेट २८ सेकेण्ड लामो ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ र विजय बरालको वरिपरी घुमेको छ । असफल प्रेमी काजीको भूमिकामा दयाहाङ राईलाई यस अघिका सेरिजमा खुबै दर्शकले रुचाएका छन्।

विज्ञापन

समाजिक कथावस्तुलाई कमेडी मार्फत प्रस्तुत गरिएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्मको अन्तिम सिरिज सम्म आइपुग्दा काजीले प्रेमीका पाउँछन् कि पाउँदैन्, उनको बिहे हुन्छ कि हुँदैन भन्ने दर्शकहरुको ठूलो जिज्ञासा बनेको छ।

विज्ञापन

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको फिल्ममा कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल रहेका छन् ।

‘कबड्डी’का अघिल्ला तीन सिरिज बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए । फिल्म आगामी जेठ १३ मा नेपालभर प्रदर्शन हुने छ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस