आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • शंकर पोखरेललाई सुदेशको प्रश्न: कथित आदेशबाट बनेको पार्टीको तथाकथित महासचिवको यत्रो ठुलो हुँकार ?
समाचार

शंकर पोखरेललाई सुदेशको प्रश्न: कथित आदेशबाट बनेको पार्टीको तथाकथित महासचिवको यत्रो ठुलो हुँकार ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले कथित आदेशबाट बनेको पार्टीबाट यत्रो ठुलो हुँकार भन्दै प्रश्न गरेका छन् ।

शंकर पोखरेलले पछिल्लो समय बिभिन्न कार्यक्रममा एमालेबाट विद्रोह गरेर माधब नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी अवैधानिक भएको टिप्पणी गर्दै आएका थिए । आज पनि सोही कुरा दोहो¥याएरपछि सुदेश पराजुलीले एकीकृत समाजवादी वैधानिक भएको बरु नेकपा एमाले आदेशबाट बनेको दाबी गरेका छन् ।

विज्ञापन

शंकर पोखरेल ओलीको सामान्य कार्यकर्ता रहेको र यदि कथित आदेश नभएको भए कुन कुनाबाट कुन पार्टीको सदस्य भएर बोल्ने थिए होलान ? भन्दै आक्रोश पोखेका छन् ।

विज्ञापन

बालुवाटार काण्डामा मुछिएका विवादित न्यायाधीशको फैसलाबाट नेकपा एमाले बनेको र शंकर पोखरेल तथाकथित आदेशबाट बनेको पार्टीको तथाकथित महासचिव रहेको बताएका छन् ।

उनले लेखेका छन्– ओलिका एकजना सामान्य कार्यकर्ता शन्कर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको वैधानिकता बारेमा प्रश्न गरेछन उनलाई ज्ञान र ख्याल छ कि छैन उनले टेकेको ओलि पार्टीको जग वालुवाटार कान्डमा मुछिएका विवादित न्यायाधीशको फैसला र तथाकथित आदेशवाट बनेको पार्टीको तथाकथित महासचिव बनिरहदा कुन दोषि चष्माबाट हेर्दै औला उठाउदै प्रश्न गरिरहेका होलान बिचारा !
तत्कालीन बालुवाटरमा ओलिको बास नभएको भए यी बिचार कुन कुनाबाट कुन पार्टीको सदस्य भएर बोल्ने थिए होलान ?
कथित आदेशबाट बनेको पार्टीबाट यत्रो ठुलो हुन्कार ?
कथित आदेश नभएको भए यिनको पार्टी चाहि आज कुन हुनेथियो होला ?

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस