On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पोखरा एमाले : सुन चोरीका आरोपीबाट खोसेर झनै विवादित थापालाई टिकट
समाचार

पोखरा एमाले : सुन चोरीका आरोपीबाट खोसेर झनै विवादित थापालाई टिकट

पोखरा। नेकपा एमालेले सुन चोरीको आरोप लागेका दीपक पौडेलको उम्मेदवारी खोसेर एका विवादित व्यक्तिलाई मेयरको टिकट दिएको छ । अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त निकट मानिएका पौडेलले एक पसलमा सुन चोरी गरेको भिडियो भाइरल भएपछि उनको टिकट खोसिएको हो ।

एक दशकअघि पोखराको एक सुन पसलमा सुन चोरी गरेको सीसीटिभी फुटेजलाई एमालेकै कार्यकर्ताहरूले भाइरल बनाएका थिए । सामाजिक सञ्जालमा उक्त भिडियो यति भाइरल बन्यो कि एमालेले उनको टिकट खोस्न बाध्य भयो । एमाले बाहेकका दलका कार्यकर्ताले पनि दोहोलो काड्न थालेपछि सामाजिक सञ्जाल उक्त भिडियो भाइरल नै बनेको छ ।

विज्ञापन

पृथ्वीचोकको एक सुन पसलबाट सुटुक्क सुनको सिक्री गोजीमा हालेको देखिन्छ । त्यो औँठी गोजीमा हाल्ने व्यक्ति नै एमालेले मेयरमा उठाएको भन्दै ब्यापक आलोचना भएको थियो । एमालेकै कार्यकर्ताहरुले त्यो भिडियो सत्य भएको र पार्टीले उक्त घटना औँठी फिर्ता गराएर मिलाएको बताउँछन् ।

विज्ञापन

शिक्षक राजनीतिबाट आएका दीपक पौडेलले मेयरको टिकट पाएको चर्चा हुनासाथ पोखरामा नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी समूहले चर्को आलोचना गर्दै आएको थियो । अधिकारीले पोखरामा प्रदेशसभा सदस्य कृष्ण बहादुर थापालाई मेयर बनाउन चाहन्थे ।

पोखराको एमाले राजनीतिमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह पनि निकै सक्रिय छ । उनीहरुको शक्तिसंघर्ष एमालेका विभिन्न कार्यक्रम र अधिवेशनमा छताछुल्लै देखिन्छ । महानगर कमिटीको चुनाव होस् वा जिल्लाको । अन्यत्र सर्वसम्मत नेतृत्व छानिँदा पोखरामा चाहिँ समूह नै बनाएर प्रतिष्पर्धा भएको थियो ।

विवादित छविका दलित विरोधी कृष्ण थापालाई टिकट

२०५४ सालका मेयर रहिसकेका थापा पुनः दोस्रोपटक महानगरको नेतृत्वमा आउँदैछन् ।त्यसपछि थापा सांसद हुँदा विवादित बनेका छन् । उनी सांसद भएकै अवस्थामा गतसाल एक दलितले किरियापुत्री भवन नपाएको विषयमा विवादित विज्ञप्ति निकालेका थिए ।

पौडेलको टिकट खोसेर कृष्ण थापालाई मेयरको टिकट दिएपछि खगराज पक्षधर कार्यकर्ता खुसी छन् । तर सुब्बा समूह भने आक्रोशित बनेको छ ।

पोखरा महानगरपालिका– १६, बाटुलेचौरमा गत चैत २६ गते मोहन सुनारका भाइ समरबहादुरको मृत्युपछि काजकिरिया गर्न नजिकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानीयवासी देवबहादुर थापा, जनक थापालगायतले सुनारमाथि दलित भएकै कारण जातीय अपमान, गालीगलोज र धाकधम्की दिई जाति विभेद गरेको आरोप थियो ।

पीडित सुनारले आफूमाथि जातीय भेदभाव तथा छुवाछूत भएको जनाउँदै नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसुर (सजाय) ऐन २०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।

दलित अगुवाको दबाबमा ५ दिनपछि थापा पक्राउ परेका थिए । यो मुद्दा अहिलेसम्म फैसला भएको छैन । यही घटनालाई लिएर पीडित पक्षले सांसद थापाविरुद्ध नेकपाको प्रदेश कमिटी र संसदीय दलमा समेत उजुरी दिएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस