सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • फरार अभिनेता पलको अन्तिम ‘लोकेसन’ बालकुमारी ! खोजीमा सीआईबी र अ’पराध महाशाखा
समाचार

फरार अभिनेता पलको अन्तिम ‘लोकेसन’ बालकुमारी ! खोजीमा सीआईबी र अ’पराध महाशाखा

काठमाडौं । जबर्जस्ती क’रणीको आरोप लागेका अभिनेता पल शाहको अन्तिम ‘लोकेसन’ काठमाडौं र ललितपुरको सीमामा पर्ने बालकुमारी क्षेत्रमा देखिएको छ । उनविरुद्ध बुधबार एक १७ वर्षीया गायिकाले तनहुँ प्रहरीमा जबर्जस्ती क’रणी मुद्दामा उजुरी दर्ता गराएकी थिइन् ।

सोही दिन पलविरुद्ध जिल्ला अदालत तनहँुबाट प’क्राउ पुर्जीसमेत जारी भएको थियो । पलविरुद्ध उजुरी दर्ता भएको समाचारसँगै उनी फरार भएका थिए ।

विज्ञापन

 

विज्ञापन

 

 

प्रहरीका अनुसार समाचार आइसकेपछि पलले आफू बस्दै आएको शान्तिनगर क्षेत्र छाडेका थिए । उनले मोबाइलसमेत स्वीच अफ गरेका थिए ।

उनको खोजीमा प्रहरीका दुई महत्त्वपूर्ण निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको टोली सक्रिय छ । उनको खोजीका लागि देशभर सर्कुलरसमेत जारी भइसकेको छ ।

महाशाखाका प्रमुख एसएसपी वसन्त बहादुर कुवँरले आफूहरु पलको खोजीमा लागेको बताए । उनका अनुसार पल घरमा छैनन् भने उनले प्रयोग गर्दै आएका नम्बर अफ छन् ।

प्रहरीका अनुसार पलको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारीमा देखिएको थियो । सो समयमा उनले मोवाइल अन गरेका थिए । त्यसयता उनले आफूले प्रयोग गर्दै आएको मोवाइल र नम्बर अफ राखेका छन् ।

प्रहरी टोली बालकुमारी पुगे पनि उनी फेला परेनन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस