Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ३२, २०८२
  • होमपेज
  • समाचार
  • डोटी प्रहरी प्रमुख मल्ललाई प्रशंसा पत्रसहित बिदाइ
समाचार

डोटी प्रहरी प्रमुख मल्ललाई प्रशंसा पत्रसहित बिदाइ

डोटी ।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई डोटीबाट बिदाइ गरिएको छ । डोटीको प्रहरी प्रमुखको रूपमा १३ महिना जिम्मेवारी सम्हालेका मल्ल मंगलबार बिदाइ गरिएको हो ।

मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौमा सरुवा भएका मल्ललाई भव्यताका साथ बिदाइ गरिएको हो ।
जिल्ला प्रवेश लगत्तै प्रहरीको ‘हाम्रो डोटी, राम्रो डोटी, शान्त डोटी’को नारा सहित काम थालेका मल्लले अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा जनचेतना जगाउने कार्य तीव्रताका साथ सञ्चालन गरेका थिए ।

विज्ञापन

महिला तथा बालबालिका सेवा केन्द्र मार्फत जिल्लाका अधिकांश माध्यामिक विद्यालयहरूमा लागु पदार्थ , दुर्व्यसनी सम्बन्धी कार्यक्रम मल्लले सञ्चालन गरेका थिए । १३ महिना डोटी बसेका मल्लले डोटीमा सबै राजनैतिक दल, जनता, जनप्रतिनिधि, सञ्चारकर्मीहरूको सकरात्मकसोच र सहयोग प्राप्त गरी काम गरेको मल्लले बताए । मल्लले भने ‘मैले यहाँका नागरिकको अत्यन्त राम्रो सहयोग प्राप्त गरेँ, म सबै प्रति आभारी छु धन्यवाद व्यक्त गर्दछु ।

विज्ञापन

प्रहरी उपरीक्षक मल्ललाई कर्मचारी मिलन केन्द्र, दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, महिला तथा बालबालिका सेवा केन्द्र, चेम्बर अफ कर्मश जिल्ला प्रहरी कार्यालय डोटीले सम्मान तथा बिदाइ कार्यक्रम गरेका थिए ।

डोटी जिल्लाको शान्ति सुरक्षा कायम राख्दै विपद्को समयमा उत्कृट काम गरेको कामकाे प्रशंसा गर्दै बोगटान फुड्सिल गाउँपालिकाले सम्मान पत्र समेत प्रदान गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस