आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डमाथि मात्रै निरन्तर प्रहार !
समाचार

प्रचण्डमाथि मात्रै निरन्तर प्रहार !

काठमाडौं । दोधारै दोधारबीच एमसीसी जस्तो विवादित सम्झौता अब संसदीय प्रक्रियामा गएको छ ।

फलतः सडकदेखि सदनसम्म दोहोरो भूमिका खेलेको भन्दै नेताहरुले आलोचना खेपिरहेका छन् । यसमध्ये अहिले सबैको तारो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बनेका छन् । के प्रचण्ड बहुरुपी चरित्रनै अहिलको समस्या हो ?

विज्ञापन

हिजोआज अधिकांश मानिसहरुको समय नेकपा (माओवादी केन्द्र्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गाली गरेरै वितिरहेको छ । एमसीसी सम्झौताका विषयमा प्रचण्डले खेलेको दोहोरो भूमिकालाई लिएर सत्तापक्ष, प्रतिपक्ष र सञ्चारमाध्यमसम्म प्रचण्ड खेदोको पात्र बनेका छन् ।

विज्ञापन

तत्कालिन नेकपा हुँदादेखि नै प्रचण्डका लागि एमसीसी घाँटीमा अड्किएको तातो आलु बराबर भएको थियो । न निल्न सक्ने, न ओकल्न सक्ने । अनि घाँटीमै राखिरह्यो भने पनि आफैलाई हानी गर्ने ।

त्यसैले एमसीसीका विरुद्ध कसैले नारा लगाउन खोजे प्रचण्ड रोक्थे । फेरि एमसीसी पारित गर्नुपर्छ भनेर मुख खोलेरै बोलेको पनि कहिल्यै सुनिएन ।

अहिले त्यसकै प्रतिफल प्रचण्डले भोग्नु परेको छ । यतिबेला एमसीसीमा प्रचण्डको भूमिकालाई लिएर उनी सबैको आँखाको कसिंगर बनेका छन् ।

सडकमा उछार्ने र संसद्मा पछार्ने काम गरेको भन्दै प्रतिपक्षले त प्रचण्डको आलोचना गर्न सुविधाजनक मौका पाएको छ । तर अहिलेको राजनीतिक अवस्थाको कारक प्रचण्डमात्रै हुन् त ? उनी आफैँ भन्छन्, घेराबन्दी गर्ने काम भयो ।

प्रचण्डको जस्तै चरित्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि छ । गठबन्धनमा सहमति जनाएर संसद् छिरेका उनी बाहिरीदा एमसीसीमा समर्थन हुन्न भन्दै निस्किएका थिए ।

एमसीसीमा नेपाली काँग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै एकढीपे देखिएपनि कहिले ओली कार्ड त कहिले प्रचण्ड कार्ड चलाउने उनको भूमिका झनै खतरनाक छ । बालकोट पुग्ने र गठबन्धन तर्साउने काम देउवाबाटै भएको छ ।

यता करिब ७ महिनादेखि संसद्लाई काम न काजको बनाउनेबाहेक अरु औचित्य नदेखाएको नेकपा एमालेले काल अनुसारको चाल चलिरहेको छ ।

सभामुखविरुद्ध नाराबाजी चर्काएर संसद् अवरोध गरेको एमालेकै नेता भीम रावलले तीनै सभामुखसँग समय मागेर एमसीसीको विरोध जनाए ।

एमसीसीमा मुखै नखोल्ने भनेपनि एमाले एमसीसीकै पक्षमा रहेको स्पष्ट देखिन्छ । फलतः सबै अवस्था अनुसारको व्यवस्था जोहो गर्न लागिपरेका छन् ।

सत्तापक्षले सरकारमै बसेर सत्ताको विरोध गरेको छ । प्रतिपक्षले तताउनुपर्ने सडक र सदन पनि सत्तापक्षकै घटकले तताइरहेका छन् ।

अनि प्रतिपक्षले सत्तापक्षका क्रियाकलापमा साथ दिइरहेको छ । जो सडकमा छ उहीँ सत्तामा छ । तर माओवादी अध्यक्ष प्रचण्ड गठबन्धनभित्र पनि दबाबमा छन् ।

गठबन्धन बचाउने आवश्यक्ता पनि उनलाई मात्रै देखिन्छ । अनि प्रमुख प्रतिपक्षको भूमिकामा रहेको एमाले अध्यक्ष ओलीको गाली खाने उनी नै छन् । यो प्रतिशोध मात्रै होकी उनकै भूमिका र नियतको प्रतिफल ? प्रश्न गम्भीर छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस