आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • बोर्डका सीईओद्वारा अनेक अनैतिक कार्य : सवा करोड रकम ढाँटछल गरेर अनियमित खर्च
समाचार

बोर्डका सीईओद्वारा अनेक अनैतिक कार्य : सवा करोड रकम ढाँटछल गरेर अनियमित खर्च

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिृकत (सीईओ धनञ्जय रेग्मीलाई कारबाही गर्न गठन गरेको छानविन समितिले दर्जनौ आरोप लगाएको छ । रेग्मीलाई वर्खास्त गर्नुपर्ने कारणहरुको फेहरिस्त देखाई प्रतिवेदनले दर्जनभन्दा बढी आरोप लगाएको प्रतिवेदन सार्वजनिक भएको छ । उपाध्यक्ष चन्द्रप्रसाद रिजालको नेतृत्वमा गठन भएको छानविन प्रतिवेदनकै आधारमा सीईओ स्पष्टीकरण सोध्ने निर्णय पनि बोर्डले गरेको छ ।

विभिन्न आरोप लागेका सीईओ रेग्मीलाई वर्खास्त गर्नका लागि बोर्डले निर्णय लिइसकेको छैन । तर, प्रक्रिया भने अगाडि बढाउने क्रममा ७ दिने म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय लिएको बताइन्छ । रेग्मीले स्पष्टीकरण बुझाएलगत्तै अर्को स्पष्टीकरण सोध्ने तयारी पनि भएको छ । प्रक्रिया पूरा गरी वर्खास्त गर्ने निर्णय गर्नुपर्ने भएकोले उनलाई दुईवटा स्पष्टीकरण सोध्न लागिएको पनि बोर्डभित्र चर्चा भइरहेको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार,सीईओको सचिवालय मर्मत तथा स्तरोन्नतिका लागि २९ लाख रुपैयाँ बजेट विनियोज भएको कर्पोरेट शाखा तथा खरिद सेवाबाट खरिदसम्बन्धी ऐन कानूनको परिधिभित्र रही बोलपत्रको माध्यमबाट मर्मत तथा स्तरोन्नती गर्नुपर्नेमा कार्यकारी प्रमुख रेग्मीले एकै प्रकृतिको एउटै स्थानका एकै समयमा प्याकेजको सोझै खरिदबाट मर्मतसम्भार गरेको भेटिएको प्रतिवेदनमा उल्लेख खरिएको छ । २०७७ पुस ३ भन्दा अगावै निर्माण थालिएको भेटिएको छ । दरभाउपत्रहरु भने २०७७पुस २७ र २८ को देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विज्ञापन

होटल र रेष्टुरेन्टमा बोर्डका सीईओले अनावश्यक रुपमा खर्च गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा होटल रेष्टुरेन्टको खर्च उपशीर्षकमा सीईओ रेग्मीले बोर्डका विभिन्न सरोकारवालाहरुसँगको बैठक, छलफलको खर्च भनेर स्वीकृत कार्यक्रम, कार्यादेश, सहभागीको विवरण नराखी, प्रयोजन नखुल्ने गरी प्रमाण विना विभिन्न होटल, रिसोर्ट तथा रेष्टुरेन्टको खर्चको विल तोकादेशका भरमा भुक्तानी गरेको देखिएको दाबी गरिएको छ । त्यसैगरी, अध्ययन समितिले बेलायतमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटीएम) मा सहभागी हुने क्रममा पनि एक करोडभन्दा बढी रकम खर्च गरेको तर त्यसको औचित्य र आवश्यकतामा गम्भीर प्रश्न रहेको दाबी गरेको छ ।

विज्ञापन

 

बोर्डको नियमावलीमा त्यस्तामा मेलामा १० जना पर्यटन व्यवसायीहरुको सहभागीत सुनिश्चित गरेर मात्रौ मेलामा जाने व्यवस्था भएपनि अहिले ६ जनाले सहभागिता जनाउने बताएपनि अन्तिममा ४ जनामात्रै सहभागी भएको उल्लेख गरिएको छ । उक्त मेलाका लागि एक करोड २० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको थियो ।त्यसैले उक्त कार्यक्रममा सीईओले ढाँटछल गरी खर्च गरेको भन्दै अनियमित कार्य गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

त्यसैगरी, अर्को जिओग्राफिक इन्फरमेशन सिष्टम (जीआईएस) प्रविधिमार्फत नेपालका पर्यटकीय गन्तव्यहरुको भौगोलिक संरचना, सडक सञ्जाल, पर्यटकीय सुविधासम्बन्धी तथ्यांक संकलन तथा म्यापिङ गर्न त्रिभुवन विश्वविद्यालयको भूगोल विभागसँग भएको सम्झौतामा पनि अनियमितता भएको उल्लेख गरेको छ । २०७७ मंसिर २३ गते भएको सम्झौतामा बजेटमा व्यवस्था अनुसार सम्झौता नभएको र ५ करोडको बजेटमा ४ करोड ७३ लाख ४८ हजारमा सम्झौता गरेको बजेट शीर्षकको कार्यक्रममा अपुग हुनेगरी सम्झौता गरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

त्यसैगरी, सीईओ रेग्मीले कार्यालय सञ्चालनमा पनि गतिलो प्रयास नगरेको आरोप प्रतिवेदनमा लगाइएको छ । सूचना केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन नगरेको, संगठन तथा व्यवस्थापन सर्वेक्षण नगराएको, लामो समय कर्मचारीलाई जिम्मेवारीविहीन राखेको लगायतका आरोप पनि प्रतिवेदनले लगाइएको छ ।

बोर्डले निर्णय गरेको भन्दा अन्यत्र कार्यालय स्थापना गर्न समझदारी गरेको कार्य सम्पादन सम्झौता गर्ने बोर्डको निर्णय पनि कार्यान्वयन नगरेको सीईओमाथि आरोप लगाइएको छ । त्यसैगरी, कर्मचारीलाई पूर्वाग्रही ढंगले निरुत्साहित हुने गरी छोटो समयमा सरुवा गर्ने गरेको पनि आरोप लगाइएको छ । साथै, नियमित रुपमा कर्मचारीको कार्यसम्पादन मूल्यांकनसम्बन्धी व्यवस्था पनि कार्यान्वयन नगरेको सीईओमाथि लगाएको आरोपमा उल्लेख गरिएको छ ।

कार्यकारी समितिको निर्णय अनुसार,बोर्डमा रहेका कर्मचारीहरुका लागि कार्यविधि बनाएर विद्युतीय हाजिरी लागू गर्ने निर्णय भएपनि सीईओ रेग्मीले कार्यान्वयन नगरेको बताएको छ । त्यसैगरी, बोर्डका कर्मचारीप्रति सीईको व्यवहार उचित नभएको, कर्मचारीलाई तँ र तिमी भनेर सम्बोधन गरी डरधम्की देखाउने गरेको पनि प्रतिवेदन उल्लेख गरिएको छ । भन्सारका कर्मचारीलाई हातपात गरेको घटनामा बोर्डले वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाको हस्ताक्षरमा निस्केको विज्ञप्तिको विषयमा पनि प्रश्न उठाइएको छ । थापाले जाँचबुझ समितिलाई दिएको वयानमा पूर्वतयारी रहेको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाई मानसिक तनाव दिएको दाबी गरिएको छ ।

सीईओ रेग्मीमाथि अर्को मुद्दा भने सीईओ हुनुभन्दा अघिको रहेको छ । २०७४ पुस ७ गते सीईओ रेग्मीले अवैध रुपमा ३० ग्राम सुन ल्याएको र त्यसबापत १ लाख ४० हजार ६ सय ८५ रुपैयाँजरिवाना तिरेको घटनाले रेग्मीको नैतिक आचरणमाथि प्रश्न उठ्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, छानविन समितिले सीईओबाट उचित सहयोग नपाएको भन्दै योजनाबद्ध रुपमा असहयोग गरेको उल्लेख गरेको छ । बोर्डका अध्यक्षले निर्देशन दिँदा पनि बोर्ड बैठक नबोलाएकोलगायतका आरोप पनि लागेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस