आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवालाई प्रचण्डको फोन : पार्टीका मन्त्रीलाई फिर्ता बोलाउँछौं
समाचार

प्रधानमन्त्री देउवालाई प्रचण्डको फोन : पार्टीका मन्त्रीलाई फिर्ता बोलाउँछौं

काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे लेखेको पत्र सार्वजनिक भएपछि राजनीतिक सरगर्मी बढेको छ। २९ सेप्टेम्बर २०२१ मा लेखेको पत्र सार्वजनिक भएपछि त्यसमाथि बहस सुरु भएको हो। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि अध्यक्ष प्रचण्ड रुष्ट बनेका छन्।

विज्ञापन

एमसीसी पारित गराउने गरी प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार एमसीसीबारे लेखिएको पत्र सार्वजनिक भएको उनको बुझाइ छ। यस सन्दर्भमा अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री देउवालाई फोन गरेर गरेका छन्। प्रचण्डनिकट उच्च स्रोतका अनुसार फोनवार्तामा प्रचण्डले प्रधानमन्त्री देउवालाई आफूले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको जानकारी दिएका थिए।

विज्ञापन

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईँ एमसीसी जसरी पनि पारित गराउने गरी लाग्नुभयो, अमेरिकाले पनि दबाब दिने रणनीति बनायो। हामीले अमेरिकालाई लेखेको पत्र यसरी अहिलेको समयमा सार्वजनिक गर्नु गलत हो।’ प्रचण्डले आफू र प्रधानमन्त्री देउवासँग अहिले एमसीसी पारित नगर्ने समझदारी भएको अवस्थामा एकाएक यसरी पत्रहरू सार्वजनिक गरिनु गलत भएको पनि आफूनिकट नेताहरूसँग गुनासो पोखेका छन्।

प्रधानमन्त्री देउवासँगको फोन वार्तामा प्रचण्डले आफू पाँच दलीय गठबन्धन भने तोड्ने पक्षमा नरहेको जनाएका थिए। उनले प्रधानमन्त्री देउवालाई भनेका थिए,‘यदि तपाईंलाई एमसीसी पास गराउनै पर्ने अप्ठ्यारो छ भने तपाईं एमालेको सहयोग लिने हो भने पनि लिनुहोस्, तर हामी सरकारमा रहँदैनौं। एमसीसी पारित गर्ने पक्षमा छैनौं।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस