एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभाको चुनावमा एमाले एक्लै अन्य दलसँग भिड्ने बताएका छन् ।
विज्ञापन
विराटनगरमा प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा गुरुङले प्रदेश १ र बागमती प्रदेशमा एमाले एक्लैले राष्ट्रिय सभाको निर्वाचन जित्ने समेत दाबी गरे ।
गुरुङले प्रदेश २ बाहेक सबै प्रदेशमा एमाले बलियो भए पनि पछिल्लो समय केही प्रदेश सांसद यताउता हुँदा केही प्रदेशमा अप्ठ्यारोजस्तो देखिएको बताए । बागमती र १ नम्बर प्रदेशमा सहजै राष्ट्रिय सभाको चुनाव जित्ने बताए ।
एमालेले १ नम्बर प्रदेशमा देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेका अनुसार घिमिरे र भण्डारी झापाका हुन् भने शेर्पाको जिल्ला सोलुखुम्बु हो ।
१ नम्बर प्रदेशमा महिला, अल्पसंख्यक/अपाङ्ग र अन्यतर्फ ३ सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेबाटै निर्वाचित भएका राष्ट्रियसभा सदस्यमा महिला तर्फकी नैनकला ओझा, अल्पसंख्यक/अपाङ्गतर्फ अगमप्रसाद बान्तवा राई र अन्य तर्फका पर्शुराम मेघी गुरुङको पदावधि सकिँदैछ ।
पत्रकार सम्मेलनमा एमसीसीबारे गठबन्धन भौतारिएको गुरुङले आरोप समेत लगाएका छन् ।
फेसबुक प्रतिक्रियाहरु