Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • समाचार
  • ओलीले भ्रष्टाचारको पहाड र कूशासनको शिखर निर्माण गरे ,‘राजावादीहरूले जति ट्याउँट्याउँ गरेपनि राजतन्त्र कुनै हालतमा फर्किँदैन’
समाचार

ओलीले भ्रष्टाचारको पहाड र कूशासनको शिखर निर्माण गरे ,‘राजावादीहरूले जति ट्याउँट्याउँ गरेपनि राजतन्त्र कुनै हालतमा फर्किँदैन’

काठमाडाैं।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरू कराएर केही नहुने टिप्पणी गरेका छन् । इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्र नफर्कने भन्दै यस्ताे बताएका हुन्।

विज्ञापन

उनले भने, ‘राजावादीहरू ट्याउँट्याउँ गरेर केही हुँदैन ।’ मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै एकतन्त्रीय शासनको कल्पना गर्न नसकिने उनले बताए।

विज्ञापन

उनले दुई तिहाइ जनमतको सरकार आफ्नै कूबुद्धिले घर न घाटको भएको प्रतिक्रिया दिएका छन् । जनताले विश्वास गरेर मत हालेको भए पनि केपी ओलीले जनताबाट निर्माण भएको संविधान मार्न खोज्दा आफैँ सत्ताबाट बाहिरिनु परेको उनले बताए । ओलीले भ्रष्टाचारको पहाड र कूशासनको शिखर निर्माण गरेको आरोप उनले लगाए।

उनले २०७२ सालमा बनेको संविधानले पनि जनताले चाहेको सबै परिवर्तनलाई संस्थागत गर्न नसकेको तर्क गरे । उनले भने, ‘संसारमा कुनै पनि परिवर्तन एक्कै झड्कामा पूरा हुँदैन, समय सापेक्ष ढङ्गले परिवर्तन हुँदै जान्छ। बाँकी काम पूरा गर्न नथाकेका, नहारेका जिउँदा मान्छेहरू फेरि अगाडि आउनुपर्छ ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस