बिहिबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • समाचार
  • संसदमा मेराे उपस्थितिले ओलीकाे सात्ताे जान्छ : नेपाल
समाचार

संसदमा मेराे उपस्थितिले ओलीकाे सात्ताे जान्छ : नेपाल

काठमाडाैं।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा आफ्नो उपस्थितिले केपी ओलीको सात्तो गएको टिप्पणी गरेका छन्। उनले ओलीको सात्तो गए पनि आफूलाई मतलब नभएको बताएका हुन्।

विज्ञापन

उनले भने, ‘कमसेकम मेरो उपस्थितिले केपीको सातो त गइरहेको छ नि, सातो जाओस् केही मतलब छैन। नेपाली जनताको सातो कायम रहनुपर्छ।’ संसदको मंगलबार बसेको बैठकमा आफू उपस्थिति नहुँदा माधव नेपाल भाग्यो भनेर आरोप आउन सक्ने पनि उनले बताए।

विज्ञापन

उनले भने, ‘म आज संसद जानैपर्ने नत्र अर्को प्रचार गर्न बेर छैन माधव कुमार नेपाल भाग्यो भनेर। कति गाह्रो छ हेर्नुस, अहिले म बाहिर भएको मौकामा आएर केपी ओली छिर्न बेर छैन।’ पोखरामा पार्टीले गरेको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा अध्यक्ष नेपालले उक्त टिप्पणी गरेका हुन्।

राजनीतिमा प्रष्टता भयो भने बैरीसँग जुध्न सजिलो हुने भन्दै उनले आफूहरुको पहिलो प्रतिद्वन्द्वी एमाले भएको बताए । ‘केपी ओलीको कब्जामा रहेको प्राइभेट लिमिटेडको कथित एमाले हाम्रो पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको छ,’ उनले भने, ‘हामीलाई शत्रु घोषणा गरेको छ।’

ओलीले आफूहरुको अनुहार पनि हेर्दिनँ भनेको दाबी गर्दै नेपालले कांग्रेसको महाधिवेशनमा आफूहरुलाई हेर्दै बस्नु परेको पनि बताए। ‘हाम्रो अनुहार पनि हेर्दिन भनेको छ, कस्तो संजोग- हाम्रो अनुहार हेर्दै जानुपरेको छ। कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न हुने, अरु ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ?’ उनले भने।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस