नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मिडियाका अधिकार कुन्ठित पार्ने कानुनका पक्षमा आफू कहिले सहमत नहुने बताएका छन्।
नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
विज्ञापन
शर्माले महाधिवेशनबाट कयौं नेताहरु केन्द्रीय कार्यसमितिमा अटाउन नसकेको भन्दै सबैलाई समेटेर जानुपर्नेमा जोड दिए।
धेरै महत्त्वपूण साथीहरू कार्यसमितिबाट बाहिररहनु भएको छ तर उहाँहरुलाई पनि गाँसेर जानुपर्ने उनले बताए।
‘विश्वप्रकाश शर्मा महामन्त्रीमा गुटबाट आएको होइन’, उनले भने, ‘विपीले नेतृत्व गर्नुभएको पार्टी उति नै गौरववान्वित छौँ, अझ बढी चुनौती छन्।’
आगामी निर्वाचनमा हुने स्थानीय तहको चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने पनि उनले बताए । ‘बदलिएको ,बलियो र रुपान्तरणको कांग्रेस बनाउने छौँ’, उनले भने।
नेपाली कांग्रेस बहुमतको आउँदा त्यसलाई परिपक्व बनाएर लाने विषयमा सचेत हुन जरुरी रहेको उनले बताए। उनले रुपान्तरणको कांग्रेस बनाउन म लाग्ने बताए।
फेसबुक प्रतिक्रियाहरु