Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ २५, २०८१
  • होमपेज
  • समाचार
  • चौतर्फी विरोध बढेपछि संसद विघटन गर्नुपर्‍यो : पोखरेल
समाचार

चौतर्फी विरोध बढेपछि संसद विघटन गर्नुपर्‍यो : पोखरेल

दाङ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटनलाई राजनीतिक दलहरूमा देखा परेको विरोध, कुण्ठा र षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति भनेका छन्। उनले त्यसलाई ‘लोकतन्त्रको सुन्दर पक्ष’ समेत भने।

विज्ञापन

सोमबार प्रेस चौतारी दाङको नवौं अधिवेशनको उद्घाटन सत्रमा उनले भने, ‘जब राजनीतिक दलहरू गलत बाटोमा जान्छन्। जनताले दिएको जनादेशको अवज्ञा गर्छन्, त्यस्तो अवस्थामा फेरि जनताकाबीचमा जाने कुरा लोकतन्त्रको सुन्दर पक्ष हो।’

विज्ञापन

तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर जनताकाबीच जाने आँट गरेको तर अहिलेको सत्ता गठबन्धनका नेताहरूले त्यस्तो आँट गर्न नसकेको उनले बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस