मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • समाचार
  • एमसीसी पास गर्ने सर्तमा ओलीले गठबन्धन भत्काउन खोज्दैछन : किसान श्रेष्ठ
समाचार

एमसीसी पास गर्ने सर्तमा ओलीले गठबन्धन भत्काउन खोज्दैछन : किसान श्रेष्ठ

काठमाडौं ।

रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले एमसिसिको नाममा देशमा अस्थिरता निम्त्याउन खोजिएको बताएका छन् ।

विज्ञापन

दमौलीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले गठबन्धन भत्काउने सर्तमा एमसिसि पास गर्न सक्ने एमाले अध्यक्ष ओलीको आश्वासन त्यही अस्थिरताको प्रमाण भएको बताए ।

विज्ञापन

अहिले एमाले अध्यक्ष ओलीलाई एमसिसिको फाईदा वा बेफाईदा भन्दा पनि गठबन्धन भत्काउनु आवश्यक भएको हुँदा त्यसै अनुसार प्रधानमन्त्रीलाई आश्वासन दिएको हुन सक्ने मन्त्री श्रेष्ठले टिप्पणी गरे ।

सत्तारुढ गठबन्धनमा एमसिसिबारे साझा धारणा बनाउन कार्यदल गठन भएको र नेकपा एकिकृत समाजबादीको संसदीय दलमा पनि त्यसबारेमा छलफल सुरु भईसेको हुँदा पार्टीले बनाउने धारणा नै आफ्नो पनि धारणा हुने मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले आफ्नो पालामा श्रम बजारमा यस अघि हुने गरेको ठगीलाई निरुत्साहन गर्ने बताए । कामदार मात्र हैन, मेनपावर व्यवसायी पनि ठगिनु हुँदैन भन्ने आफ्नो मान्यता रहेको मन्त्री श्रेष्ठले प्रष्ट पारे ।

विगतमा श्रम मन्त्रालयलाई भ्रष्टाचारको अखडाको रुपमा चिनिने गरेको भएपनि अहिले आफुले मन्त्रालयमा व्यापक परिवर्तनको सुरुवात गरेको उनले बताए । योग्य कर्मचारीको टिम बनाएर विगतका कमिकमजोरीलाई सच्याउन थालिएको मन्त्री श्रेष्ठको भनाई थियो ।

कोभिडको कारण विश्व श्रम बजारमा समस्या परेको हुँदा नेपाली श्रमिकहरु पनि यसबाट पीडित भएको भन्दै मन्त्री श्रेष्ठले यस अघिका श्रम बजारलाई व्यवस्थित गरि नयाँ श्रम गन्तव्यको खोजी गर्ने बताए ।

देशको अर्थतन्त्रको २८ प्रतिशत योगदान रेमिट्यान्सले योगदान गरेको हुँदा बिदेशमा काम गर्न गएका कोही पनि नेपाली समस्यामा नपरुन भन्ने उद्देश्यले आफुले अहिले मन्त्रालय स्तरको कार्यदल गठन गरेर समस्याको पहिचान खोजेको उनले बताए ।

आफु तनहूँबाट निर्वाचित जनप्रतिनिधि पनि भएको हुँदा आफ्नो कार्यकालमा तनहूँमा मन्त्रालयसँग सम्बन्धित कुनै न कुनै स्थायी प्रकारको संरचना निर्माण गर्ने र बिकास निर्माणको क्षेत्रमा पनि यस अघिको भन्दा कयौं गुणा बढि बजेट बिनियोजन गराउने प्रतिबद्धता समेत सो अवसरमा मन्त्री श्रेष्ठले गरे ।

रिपोर्टस क्लव गन्डकी प्रदेशका अध्यक्ष मदन वाग्लेको अध्यक्षतामा सम्पन्न सो पत्रकार सम्मेलनको सन्चालन क्लवका सचिव अमर नहर्कीले गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस