Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • समाचार
  • देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने ओलीको रणनीति
समाचार

देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने ओलीको रणनीति

काठमाडौं ।

सत्ता गठबन्धन धरापमा परेको छ । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले धरापमा परेको संकेत गरेका छन् । उनले सिधै नेकपा एमालेमाथि सत्ता गठबन्धन तोड्न सक्रिय रहेको आरोप लगाए ।

विज्ञापन

एमालेले गठबन्धन तोड्न चुनावसम्म काँग्रेसलाई एकमना सरकार बनाउने प्रस्ताव गरेको सम्म भने । हुनपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको १४औं महाधिवेशन उद्घाटनको दिन २४ मंसिरमा महत्वपूर्ण सन्देश दिए । उनले एमाले एक्लै हिंड्दैन भन्दै काँग्रेससँग मिलेर जाने संकेत गरे । त्यसको एक हप्तापछि प्रचण्डले सत्ता गठबन्धन तोड्ने षड्यन्त्र गरेको आरोप एमालेमाथि लगाए ।

विज्ञापन

अहिले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित नगर्ने पक्षमा प्रचण्ड र माधव नेपाल देखिएका छन् । यही मौकामा ओलीले प्रचण्ड र माधव नेपाललाई असफल बनाउन खोजेका छन् । एमसीसीको विपक्षमा प्रचण्ड र माधव नेपाल उत्रिएमा ओलीले साथ दिनसक्छन् ।

एमसीसीलाई संसदमा निर्णयार्थ दर्ता गरेर बढाउन सभामुख अग्निप्रसाद सापकोटाको पनि मुख्य भूमिका हुन्छ । उनले यसलाई अगाडि नबढाए के होला ? एमालेले सापकोटालाई पछिल्लो समय चेतावनी दिइरहेको छ । एमाले छाडेका १४ सांसदको पद रिक्त गर्न सूचना नटाँसेकोमा आलोचना गर्दै आएको छ । एमाले महासचिव शंकर पोखरेलले सापकोटाको राजीनामा सम्म मागेका छन् । यो यस्तो बेलामा आएको छ जतिबेला सत्ता संघर्ष चुलिएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको दलहरु सत्तामा रहिरहे शक्ति सञ्चय गर्दै जाने भयले ओलीलाई सताएको छ । यसकारण पनि प्रचण्ड र माधव नेपाललाई सत्ताबाट झार्न ओली कम्मर कसेर लागेका छन् ।

सत्ता गठबन्धन तोडेर माओवादी र नेकपा एसलाई कमजोर पार्न सके कार्यकर्ता तान्न सक्न बुझाई ओलीको देखिन्छ । यसकारण पनि उनी काँग्रेससँग सम्झौता गरेर भएपनि रणनीतिक योजनामा लागेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस