सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • माधव नेपालले भने : चुनावमा कसैको बहुमत आउँदैन, केपी ओली गफाडी नम्बर १
समाचार

माधव नेपालले भने : चुनावमा कसैको बहुमत आउँदैन, केपी ओली गफाडी नम्बर १

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब आउने निर्वाचनमा कुनै पार्टीको बहुमत आउने अवस्था नरहेको बताएका छन् । एमाले एक्लैले बहुमत ल्याउने दावी गरिरहेका केपी ओलीलाई उनले गफाडीको संज्ञा दिए ।

विज्ञापन

 

विज्ञापन

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले सत्तारुढ दलहरुले राष्ट्रिय सभादेखि उपचुनावसम्म मिलेर लड्ने सहमति भइसकेको दावी गरे । संसदीय चुनावमा पनि सहकार्यका लागि छलफल भइरहेको उनको भनाइ छ ।

नेपालले भने, भने, ‘यो देशमा गठवन्धनको सरकार लामो समय रहने सम्भावना छ । तर, केपी ओलीले एक्लै बहुमत ल्याउँछु भनिरहेका छन् । फुर्ति त कम छैन हेर्नुस । उनलाई गफाडी नम्बर एक भनेर गिनिजबुकमा नाम लेखिदिए हुन्छ । अरुलाई अपमान र तेजोबध मात्रै गर्ने र पिडा दिने उहाँको स्वभाव छ । परपिडक नम्बर एक केपी ओलीलाई भनिदिए हुन्छ ।’

नेपालले ओलीलाई सुध्रिन र गल्ति महसुस गर्नका लागि आफूहरुले अझै आग्रह गरिरहेको बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २ दिन अगाडि

भर्खरै

सिफारिस