आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • केपी ओलीले आपराधिक क्रियाकलाप गरे : झाँक्री
समाचार

केपी ओलीले आपराधिक क्रियाकलाप गरे : झाँक्री

काठमाडौं।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन्। जनकपुर पुगेकी मन्त्री झाँक्रीले बुधवार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी हुन्।

विज्ञापन

ओली संसद्‌को औचित्यमाथि प्रश्न उठाएर संसद् विघटन गराउनेतर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरूको सिकार संसद् बन्नु हुन्छ कि बन्नु हुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताइन्। ओलीले आफूले गरेको संसद् विघटनको औचित्य पुष्टि गर्नका लागि संसद् चल्न नदिएको उनको भनाइ थियो। उनले सरकारले संसद्‌मा बिजनेस दिने र आवश्यक कानुन निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि उनले उल्लेख गरिन्।

विज्ञापन

‘केपी ओलीलाई संसद्‌को औचित्यमाथि प्रश्न उठाएर संसद् विघटन गर्दै लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ नै उद्यत हुनुहुन्छ। त्यसकारण आज हामीले ७० वर्ष लडेको, ७ दशकको इतिहास ओलीजस्ता अहंकारी व्यक्तिहरूको सिकार संसद् बन्नु हुन्छ कि हुँदैन भन्ने बहस गराउनुपर्छ समाजमा। त्यसकारण उहाँहरूले त यसको औचित्य, आफूले विघटन गरेको असंवैधानिक मात्रै होइन, आपराधिक क्रियाकलाप हो संसद् विघटन गर्ने। त्यसलाई पुष्टि गर्नको लागि उहाँले संसद् चल्न दिनुहुन्न,’ उनले भनिन्, ‘तर सरकारले चाह्यो भने संसद्मा आफ्नो बिजनेस गर्छ। हामीलाई आवश्यक कानुनहरू निर्माण गर्नुपर्ने, आवश्यक नीति लिनुपर्ने ठाउँमा सरकारले आफ्नो स्टेप लिन्छ।’

मन्त्री झाँक्रीले एमाले पार्टी दक्षिणपन्थी विसर्जनवादी बाटोमा लागेको आरोप लगाइन्। एमालेको दसौं महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरूलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विसर्जनवादी बाटोमा लागेको पुष्टि भएको उनको भनाइ थियो। मन्त्री झाँक्रीले श्रमजीवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दाबी पनि गरिन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १४ घन्टा अगाडि

भर्खरै

सिफारिस