सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • लगानीकर्तालाई अर्थमन्त्रीले भने–नआत्तिनुस्, म सकारात्मक नै छु
समाचार

लगानीकर्तालाई अर्थमन्त्रीले भने–नआत्तिनुस्, म सकारात्मक नै छु

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले शेयर लगानीकर्ताहरुलाई शेयर बजारका विषयमा आफू नकरात्मक रहेको भन्नेकुरा गलत भएको बताएका छन् । लगानीकर्ताको एक समूहसँगको भेटमा अर्थमन्त्री शर्माले आफूले बजार घटाउने र बढाउने भन्ने खेलमा कहिले नलाग्ने भन्दै नआत्तिन र अफवाहका पछाडि नलाग्न आग्रह गरेका छन् ।

विज्ञापन

अर्थमन्त्री शर्माले लगानीकर्ताहरुले उठाएका सकारात्मक मागहरु पुरा गर्न आफू लागि पर्ने भन्दै गलत कुराका पछाडि नलाग्न आग्रह गरे । बजार घटाउन वा बढाउन आफूले कहिले पनि कुनै किसिमको भूमिका नखेलेको भन्दै अर्थमन्त्री शर्माले यसबारे बुझ्न लगानीकर्ताहरुसँग आग्रह गरेका छन् ।

विज्ञापन

 

अर्थमन्त्रीलाई भेट्न दिउसो १ बजे नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अम्बिकाप्रसाद पौडेल, शेयर लगानीकर्ता हरि ढकाल, तिलक कोइराला लगायतका आधा दर्जन बढी लगानीकर्ताहरु सिंहदरबार पुगेका थिए । भेटपछि प्रतिक्रिया दिँदै महासंघका केन्द्रीय सदस्य पौडेलले अर्थमन्त्रीले लगानीकर्ताहरुको मागको विषयमा चासो राखेको बताए ।

‘शेयर बजारका विषयमा मन्त्री ज्यू एकदमै सकारात्मक हुनुहुन्छ, उहाँले हाम्रा समस्याहरु बुझ्नु भयो र समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने समेत बताउनु भएको छ,’ पौडेलले भने, ‘कतिपय विषयहरु सम्वोधन गर्न धितोपत्र बोर्ड र नेप्सेको प्रमुख नहुँदा समस्या भएको भन्दै यस विषयमा पनि आफ्नो ध्यानाकर्षण भएको मन्त्री ज्यूले बताउनु भएको छ ।’

यस अघि सोमबार पनि अर्थमन्त्री शर्माले सार्वजनिक मञ्चबाटै शेयर बजारका विषयमा आफूलाई गलत तरिकाले जोडिएको बताएका थिए । आफूले बजार घटाउने काम नगरेको भन्दै उनले अहिले बजारमा देखिएका समस्याहरु समाधान गर्न विज्ञसँग छलफल भइरहेको बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २0 घन्टा अगाडि

भर्खरै

सिफारिस