On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • गसिप
  • दीपाश्रीले विदेशी गीतमा टीकटक नबनाउने !
गसिप

दीपाश्रीले विदेशी गीतमा टीकटक नबनाउने !

काठमाडौं।

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले अबदेखि विदेशी गीतमा टीकटक भिडिओ नबनाउने वाचा गरेकी छिन् । नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाभियान २०७८ को घोषणा कार्यक्रममा उनले सो वाचा गरेकी हुन् ।

विज्ञापन

 

विज्ञापन

नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । परिवर्तन नेपाल नामक संस्थाले यो अभियान थालेको हो । महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि फिल्म समेत निर्माण हुनेछ ।

‘अबदेखि विदेशी गीतमा टीकटक बनाउँदिन’ निरौलाले भनिन्, ‘हाम्रो सानो प्रयासले नै हाम्रो संस्कृतिलाई जोगाउन मद्दत पुग्नेछ ।’ उनले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह समेत गरिन् ।

महाअभियानका संयोजक मोहन निरौलाले राजनीतिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियन्ताहरुले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्यक्तित्सँग अन्तरक्रिया गर्ने लगायत महाअभियानका कार्यक्रमहरु रहेको बताए ।

 

नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मासिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको निरौलाको भनाई छ ।

कलाकार तथा फिल्म निर्देशक समेत रहेका निरौलाले भने, ‘देश समाप्त पार्न यु’द्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ । अहिले हामी संस्कृति सकिने कठघरामा छौं । त्यसकारण संस्कृति बचाउनु पर्छ भनेर हामीले यो महाअभियानको शुभारम्भ गरेका हौं ।’ नेपाली कला, साहित्य, चलचित्रहरु आफ्नै पहिचान र मौलिकतामा रहेर प्रस्तुत गर्न पनि उनको आग्रह छ ।

अभियान शुभारम्भ समारोहका प्रमुख अतिथी तथा फिल्म निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । अभिनेत्री बसन्धुरा भुषालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताएकी छन् ।

 

‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को संयोजकमा मोहन निरौला छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोजकुमार भेटवाल र विश्वमणी घिमिरे सदस्यमा छन् । संयोजक निरौलाले आवश्यकता अनुसार थप सदस्यहरु मनोनयन गरिने र महाअभियानसँग संस्थाबाहेक अन्य तह र तप्काका व्यक्तिहरु पनि क्रमशः जोडिन सक्ने जानकारी दिएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस