काठमाडौं।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनबाटै भएपनि सभापतिमा शेरबहादुर देउवालाई हराएरै छाड्ने दावी गरेका छन्। आइतबार सभापति पदका उम्मेदवार निधिले महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
विज्ञापन
उनले पहिलो चरणमा सभापतिको कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने दाबी गर्दै दोस्रो चरणमा देउवाविरुद्ध सबै एक हुने बताएका छन्।
उनले पार्टीभित्र सर्वसम्मतिका लागि सक्दो प्रयास गरेपनि असफल भन्दै नेतृत्व परिवर्तनका लागि सबै एकै ठाउँ उभिनुपर्नेमा जोड दिएका छन्। महाधिवेशनबाट कांग्रेस नेतृत्व परिवर्तन गर्ने तथा महाधिवेशनपछि सरकारको नेतृत्वसमेत परिवर्तन गर्ने निधिले दाबी गरे।
फेसबुक प्रतिक्रियाहरु